काँग्रेसबाट प्रत्यक्षमा चुनाव जित्नेमा देउवा पक्षकै धेरै संस्थापनका ४९, देउवाका ५१ नेता विजयी

१२ मंसिर, काठमाण्डौ । संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फवाट चुनाव जित्नेमा काँग्रेस संस्थापन पक्षधरभन्दा बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर रहेका छन् । अघिल्लो निर्वाचन जस्तै गत मंगलवार भएको निर्वाचनवाट नेता देउवा पक्षधर नेताहरु नै सभापति सुशील कोइराला पक्षधर भन्दा बढि चुनाव जितेर आएका छन् ।
प्रत्यक्षतर्फको २४० मध्ये १०५ सिटमा जित हात पारेको काँग्रेसबाट देउवा पक्षधर ५१ जना उम्मेदवारले विजयी हासिल गरेका छन् भने सभापति सुशील कोइराला पक्षधर ४९ जनाले चुनाव जितेका छन् । तर त्यसमध्ये पाँच सभासद भने तटस्थ देखिएका छन् । टिकट वितरणमै आआफ्ना पक्षधर नेतालाई टिकट दिनु पर्ने भन्दै विवादमा अल्झिएको काँग्रेसमा चुनावपछि संस्थापन पक्षधर वा देउवा पक्षधर नेताहरुमध्ये कसले बढी क्षेत्रमा चुनाव जित्यो भन्नेमा कुरा प्रतिष्ठाको विषय बनेको छ । यत्तिमात्रै होइन यो प्रतिष्ठाको लडाई काँग्रेसी नेता तथा कार्यकर्तावीचमा चलेको छ ।
भखैरै पार्टी एकता भएको समयमा २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पनि बरिष्ठ नेता देउवा पक्षधर नेताहरुले नै बढी क्षेत्रमा चुनाव जितेर आएका थिए । यसपटकको निर्वाचनमा पनि चुनाव जित्नेमा देउवा पक्षधर उम्मेदवारहरु नै रहेका छन् ।
काँग्रेस केन्द्रीय सदस्य खुमवहादुर खड्का देउवा पक्षधर नै भएकाले खड्का पक्षधर उम्मेदवारहरु पनि आफ्नो पक्षका रहेको देउवा पक्षधर नेताहरुले दावी गरेका छन्  । यसलाई आधार मानेर भन्ने हो भने देउवा पक्षधर विजयी उम्मेदवारको नै बहुमत देखिएको छा । यद्यपी समानुपातिकतर्फवाट आउने परिणामले यो नजितालाई उल्टाउने  संस्थापन पक्षधर नेताहरुको भनाई छ ।
प्रत्यक्ष र समानुपातितर्फवाट सभासद बनेका सभासदहरुले नै संसदीय दलको नेता चयन गर्ने भएकाले सभापति सुशील कोइराला पक्षधर र बरिष्ठ नेता देउवा पक्षवीच जोडघटाउ समेत चल्न थालेको छ ।
विजयी हुने उम्मेदवार कुन् पक्षका हुन् सूची हेर्नुस्ः
c-1c-2
c-3

0 comments

Write Down Your Responses

Powered by Blogger.