पेरिसडाँडाबाट १० दलको एउटै आवाज-उच्चस्तरीय आयोग गठन गर एमाओवादीको नेतृत्वमा १० पार्टीको संयुक्त बैठक

काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका १० दलले संविधानसभा निर्वाचनको परिणाम धाँदलीपूर्ण भएको भन्दै उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठन गर्न माग गरेका छन् । एमाओवादीको कार्यालय पेरिसडाँडामा सोमबार बसेको १० दलको बैठकले निर्वाचनको परिणाम अस्वाभाविक, अविश्वसनीय, नियोजित र धाँदलीपूर्ण भएको निष्कर्ष निकालेको हो ।
यो पनि पढ्नुस्
बैठकले निर्वाचनसम्वन्धी सम्पूर्ण प्रक्रियाको छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न माग गरेको छ । ‘निर्वाचनको परिणाम सुनियोजित थियो र धाँदलीपूर्ण भयो भन्ने हामी सबैको निष्कर्ष रहृयो’ संघीय समाजवादी गणतान्त्रिक पार्टीका अध्यक्ष परशुराम तामाङले अनलाइनखबरसँग भन्नुभयो-’हामीले स्वतन्त्र छानविनको माग गरेका छौं ।’ बैठकले चुनावमा धाँदली भएको प्रमाण संकलन गर्ने र बुधबार निर्वाचन आयोगलाई ज्ञापन-पत्र बुझाउने निर्णय गरेको छ ।
पहिचान पक्षधरहरुको मोर्चा बनाउने तयारी भए पनि कुनै ठोस निर्णय हुन सकेन । यसबारे आगामी बैठकमा मोर्चा गठन र आन्दोलनका कार्यक्रमबारे छलफल हुनेछ ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा प्रचण्डसहित संघीय समाजवादीका अध्यक्ष अशोक राई, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतले हस्ताक्षर गर्नुभएको छ ।
१० दलको विज्ञप्ति
10-party

0 comments

Write Down Your Responses

Powered by Blogger.