यसरी हुँदैछ मलेसियामा ‘नेफ्टा अवार्ड’
कात्तिक २३ गते मलेसियामा हुने भनिएको ‘छैटौ नेफ्टा अवार्ड’ केही महिना पर सरेको थियो । अब नयाँ तालिका अनुसार नेफ्टा अवार्ड पौष १० गते अर्थात डिसेम्बर २५ मा आयोजना हुनेछ । जसका लागि आयोजकले दिनरात नभनी काम गरिरहेको छ ।
आयोजकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार नेफ्टा अवार्डको लागि करिब २५ दिनको तालिका छुट्टाइएको छ । डिसेम्बर १ देखि नेपालका सबैजसो संचारमाध्यममा मिडिया क्याम्पिएन गरिने आयोजकले जनाएको छ । डिसेम्बरको दोश्रो साता मलेसियामा केही चर्चित नेपाली कलाकारको साथमा पत्रकार सम्मेलनको आयोजना गरिनेछ । जसले मलेसियामा पनि यो अवार्डको माहोल बनाउन मद्दत गर्ने विश्वास आयोजकको छ ।

अवार्डमा सहभागी हुनको लागि १ सय हारहारीमा कलाकार, प्राविधिक, पत्रकारको टोली डिसेम्बर २४ मा मलेसिया पुग्ने बताइएको छ । २५ डिसेम्बरमा बिहान ११ बजेबाट अवार्ड सुरु हुने आयोजकले जानकारी दिएको छ । अवार्ड कार्यक्रम ‘सेतिया सिटी कन्भेन्सन सेन्टर’मा हुनेछ । २६ तारिखमा कलाकारको टोलीले मलेसियाका विभिन्न स्थानको अवलोकन गर्नेछ ।
२७ तारिखमा सम्पूर्ण टोली नेपाल र्फकने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले अनलाइनखबरलाई जानकारी दिएका छन् । मलेसियामा रहेर व्यापार व्यवसाय गर्दै आएका सुवास गिरीको पहलमा यसपटक यो अवार्ड मलेसियामा हुन लागेको हो ।
0 comments
Write Down Your Responses