एमाले नेता नेपाल र युरोपेली राजदूतहरुवीच भेटवार्ता

१० मंसिर, काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र युरोपियन युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधि मण्डलवीच भेटवार्ता भएको छ । सोमवार विहान नेपालको नेपाल कोटेश्वरमा भएको भेटवार्तामा उहाँहरुवीच संविधानसभाको दोस्रो निर्वाचन पछि नेपालले अवलम्बन गर्ने राजनीतिक बाटो, नेपालका राजनीतिक दलहरुबीचको समझदारी निर्माण, संविधान निर्माण एवम् नेपाल र युरोपियन युनियनका राष्ट्रहरुबीचको पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटमा नेता नेपालले दलहरुबीच भइरहेको सहमतिको प्रयासका बारेमा राजदूतहरुलाई जानकारी गराउनु भएकेा थियो । युरोपेली युनियनका राजदूतहरुले नेपालका दलहरुबीच सहमति निर्माण गरी संविधान निर्माण गर्न र आर्थिक विकासको बाटोमा अघि बढ्न नेता नेपाललाई सुझाव दिएको नेपालका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।
भेटमा युरोपियन युनियनको प्रतिनिधि मण्डलमा बेलायती राजदूत एण्ड्री स्पार्कस, डेनमार्कका राजदूत क्रिस्टिन गीलान, जर्मन राजदुत फ्रेेन्क मिके, नर्वेजियन मिनिष्टर काउन्सिलर तथा डेपुटी हेड अफ द मिसन हकन अराल्ड गुल्बरड्सेन सहभागी हुनुहुन्थ्यो ।
यसैवीच सोमवार विहाननै नेता नेपाल र नेपालका लागि रसियन राजदूत डा. सर्जेइ भासिलिभिक भेलिच्किनबीच भेटवार्ता भएको छ । भेटमा रसियन राजदूतले नेपालमा नयाँ निर्वाचित संविधानसभाले दलहरुबीच उच्च स्तरको समझदारी कायम गर्दै छिट्टै नयाँ संविधानको निर्माण गरी नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरोस् भन्ने रसियाको चाहना रहेको वताउनु भएको थियो । नेता नेपालले संविधानसभा निर्वाचन सम्पन्न गर्न रसिया लगायतका अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि सद्भाव एवम् सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.