असन्तुष्ट दलहरुको बैठक पेरिसडाँडामा

चुनावी परिणामप्रति असन्तुष्ट एकीकृत नेकपा माओवादीसहितका दलहरुको बैठक अहिले बसिरहेको छ । पहिचान पक्षधर दलहरुको मोर्चाबन्दी गरेर आन्दोलनमा जाने तयारी स्वरुप बैठक बोलाइएको हो । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा चुनावी परिणामको समिक्षा भइरहेको छ । बैठकले मोर्चाबन्दी र भावी कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डसहित संघीय समाजवादीका अध्यक्ष अशोक राई, मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवसहित साना दलका नेताहरुको उपस्थिति छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.