१० मंसिर, काठमाण्डौ । नेपाली काँग्रसका ‘जिउँदो सहिद’ एवम् पूर्वसांसद अरविन्द्र ठाकुरको निधन भएको छ । ढाडको समस्याबाट पीडित रहँदै आउनुभएका ठाकुरको ६५ वर्षको उमेरमा सोमवार विहान ६ बजे उपचारका क्रममा काठमाण्डौको बीएन्डबी अस्पतालमा निधन भएको हो । धनुषा जनकपुर नगरपालिकामा स्थायी बसोबास गरिरहेका ठाकुरलाई उपचारका लागि केही समय अगाडि काठमाण्डौ ल्याइएको थियो । ठाकुरको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ । श्रद्धाञ्जलीका लागि ठाकुरको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र सोमवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । ठाकुरका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । को हुन् ‘जिउँदा सहीद’ ठाकुर ? विक्रम सम्वत २००५ सालमा जन्मनु भएका ठाकुर सानै उमेरदेखि काँग्रेसमा लाग्नुभएको थियो । १३ वर्षको छँदा २०१८ सालमा राजा महेन्द्र शाहको पालामा पञ्चायती व्यवस्थाका विरुद्धमा भइरहेको आन्दोलनका ताका पक्राउ पर्नु भएको थियो । राजा महेन्द्र जनकपुर गएका बेला गराइएको बम विष्फोटनपछि पक्राउ पर्नु भएका ठाकुरलाई आजीवन काराबासको सजाए सुनाइएको थियो । फासीको सजायवाट बच्नुभएका ठाकुर प्रजातन्त्रको पुर्नस्थापनापछि २०४८ सालमा काँग्रेसका तर्फवाट राष्ट्रिय सभामा संसद हुनुभएको थियो । ठाकुसंगै पक्राउ परेका दुर्गानन्द झा र जलसिंह थापालाई भने फासीको सजाय सुनाइएको थियो । प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्थाका विरुद्धमा आन्दोलन गरेका ठाकुरले १३ वर्षको कलिलो उमेरमै आजीवन काराबासको सजायँ पाउनुभएको थियो ।
काँग्रेसका ‘जिउँदो सहिद’ ठाकुरको निधन
Powered by Blogger.
0 comments
Write Down Your Responses