‘ठूला पूर्वाधार निर्माणमा सहयोग गर्न जापान इच्छुक छ’
१४ मंसिर, काठमाडौं । नेपालका लागि नवनियुक्त राजदूत मासासी ओगानले नेपालका ठूला-ठूला पूर्वाधार निर्माणमा जापान सरकार सहयोग गर्न इच्छुक रहेको बताउनुभएको छ । शुक्रबार अर्थसचिव शान्तराज सुवेधीसँग भएको भेटवार्तामा उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
नेपाल सरकारले
आफ्नो योजना मुताविक विकास योजना तर्जुमा गरी देशलाई समृद्धितर्फ उन्मुख गराउन उद्धत रहनुपर्नेमा राजदूत ओगानले जोड दिनुभयो । उहाँले नेपालको विकास प्रकृयामा जापान सरकारको सहयोग निरन्तर रहने विश्वास समेत दिलाउनुभयो ।

जापान सरकारले नेपालको सामाजिक, कृषि क्षेत्र र आर्थिक पूर्वाधारमा सहयोग गर्दै आइरहेको छ । भेटवार्तामा सचिव सुवेदीले नेपाल अझै संक्रमणकालीन अवस्थाबाट गुजि्ररहेको हुनाले विकास आयोजनामा अपेक्षित प्रगति हासिल गर्न नसकेको जानकारी गराउनुभयो । भरखरै सम्पन्न संविधानसभाको निर्वाचनले मुलुकलाई स्थीरतातर्फ लैजाने र आर्थिक, सामाजिक रुपमान्तरणको गतिले तिब्रता लिने विश्वास सचिव सुवेदीले राजदूतलाई दिलाउनुभयो ।
0 comments
Write Down Your Responses