लण्डनमा पहिलो नेपाली युवा सामुदायिक क्रियाकलाप केन्द्रको स्थापना
साउथ इस्ट लण्डनको चार्ल्टनमा एक समारोहका बीच चार्ल्टन एरियाबाट बेलायेती संसदमा प्रतिनिधित्व गर्ने माननीय सांसद निकरेम्फोर्डद्वारा चार्ल्टन भ्याली फुटवल क्लबमा अवस्थित सभा कक्षसहितको सुबिधा सम्पन्न भवन नेपाली समुदायलार्इ हस्तान्तरण गरिएको छ ।

सभा कक्ष, शैक्षिक तथा खेलकुद सामग्री एबम रेडियो स्टेसनसहितको उच्च स्तरिय उक्त स्थान सरकारीतवरको स्थानीय निकायबाट नेपाली समुदायलार्इ बेलायतमै पहिलोपटक उपलब्ध गराइएको बताईएको छ । चार्ल्टन नेपाली समाजद्वारा सफलतापुर्वक संचालित नेपाली भाषा कक्षा तथा बिबेक श्रेष्ठद्वारा संचालित कन्दरा आर्टपर्फर्मिंग सेन्टरको संचालन समेत यसै ठाउँमा गरिने भएको छ। चार्ल्टन नेपाली समाजका सल्लाहकार एबम लर्न नेपाली प्रोग्रामका कोओर्डिनेटर फत्त थापा तथा स्थानीय निवासी चर्चित कन्दरा ब्यान्डका गायक बिबेक श्रेष्ठको बिशेष पहलमा सो स्थान प्राप्त भएको थियो । हप्ताको प्रत्येक आइतबार प्रयोगमा ल्याउन पाइने उपर्युक्त ठाउँले स्थानीय नेपाली समुदायका युवा, बालबालिका तथा बृदबृदाहरुको समायोजनमा खास फाइदा पुग्ने देखिन्छ ।
नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेकोसो कार्यक्रमको संचालन गायक बिबेक श्रेष्ठ आफैले गरेका थिए भने संयोजक फत्त थापाले उपस्थितलाई स्वागत गर्दै प्राप्त सुबिधाको बारेमा बताएका थिए । प्रमुख अथिति सांसद निकरेम्फोर्डद्वारा हस्तान्तरण कार्यक्रमको उद्घाटन नरिवल फोडेर गरिएको थियो भने आफ्नो छोटो मन्तब्य दिदै उनले आफु नेपाली समुदायसंग मिलेर काम गर्न पाउदा खुसि रहेको र हस्तान्तरित सुबिधा समुदायिक प्रयोजनका लागि अत्यन्तै उपयोगी हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा ग्रीन वीच तथा छिमेकी काउन्सिलका काउन्सिलरहरु लण्डन एसेम्बली मेम्बर लेनदुरल
ओबीइ, स्थानीय लेबर पार्टीका सचिब टेरीएड वार्ड, शैक्षिक क्याबिनेट मेम्बर ज्याकी स्मिथलगायत चार्ल्टन नेपाली समाजका पदाधिकारी तथा सल्लाहकारहरुको समेत उपस्थिति थियो । कार्यक्रमपछिको जलपानमा आपसी कुराकानीमा गायक बिबेक श्रेष्ठले गैरनाफामुलक संस्था स्किल एण्ड केयरकोबारेमा जानकारी दिएका थिए । “नेपालदेखि टाढा बसेर यहाँका बालबालिकालाई संगीत कक्षा मार्फत देशको कलासंस्कृतिमा समाहित गर्न पाउँदा गौरब लागेको छ” उनले भने ।
त्यस्तै नेपाली भाषा कक्षा संयोजक फत्त थापाले केहि महिना अगाडी चार्ल्टन नेपाली समाजको मातहतमा संचालित लर्न नेपाली प्रोग्राम सुबिधायुक्त ठाउँमा सर्न पाउँदा थप उत्साहित भएको बताए । चार्ल्टन नेपाली समाज युके र स्किल एण्डकेयरको सहकार्यबाट बृहत्त र समुदायको लाभ हुने छ र भविष्यमा वयस्कको सेवाको लागि समेत प्रोग्राम ल्याईदैछ “उनले भने ।
त्यस्तै चार्ल्टन नेपाली समाजका अध्यक्ष सुरज केसीले चार्ल्टन नेपाली समाज युकेका कार्यक्रमहरु बेलायतमै उदाहरणिय भएको र त्यसको श्रेय समाजसंग आवद्द दाजुभाई दिदीबहिनी तथा अभिभाबकलाई जाने बताए ।
0 comments
Write Down Your Responses