अदालत फर्कनुपर्ने रेग्मीको सभासद बन्ने रहर सर्वोच्चमा पस्न नदिने बारको तयारी
१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले निर्वाचन गराउनुपर्ने आफ्नो मिसन पूरा गर्नुभएको छ । अब बाधा अड्काऊ फुकाऊ आदेशअनुसार नयाँ सरकार बनेपछि उहाँ पुनः सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा क्रियाशील बन्नुहुनेछ । तर, रेग्मी अदालतमा फर्किए उहाँलाई रोक्ने नेपाल बार एशोसिएसनको तयारी छ । यता रेग्मी आफैंले पनि प्रधानन्यायाधीशमा फर्कनु भन्दा सभासद बन्नेतिर लविङ थाल्नुभएको बुझिएको छ ।

‘अध्यक्ष रेग्मी २६ जनाबाट मनोनित भएर सभासद बन्नका लागि लविङ गरिरहनुभएको छ, सभासदमा मनोनित हुने अवस्था आएको खण्डमा उहाँले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुहुन्छ होला’ स्रोतले अनलाइनखबरसँग भन्यो,’ संविधानसभामा गएर उहाँले संवैधानिक समितिको सभापति बन्ने इच्छा राख्नुभएको बुझिएको छ, उहाँका लागि त्यो जिम्मेवारी उपयुक्त पनि देखिन्छ ।’- नेपाल बार एोसिएसनका एक नेताले अनलाइनखबरसँग भने ।
रेग्मीले पुनः अदालत फर्केर प्रधानन्यायाधीशको पद सम्हाल्न पाउने गरी फुकाइएको बाधा अड्काऊका विरुद्ध परेको रीटमाथि मंसिर २० गते सुनुवाइ हुँदैछ । मंसिर ६ गते गर्ने भनिएको सुनुवाइ २० गतेलाई सरेको हो । यो मुद्दाका कारणले पनि रेग्मीलाई सर्वाच अदालतमा र्फकन अप्ठ्यारो परिरहेको अधिवक्ता ओमप्रकाश अर्याल बताउनुहन्छ ।
प्राप्त जाकारी अनुसार खिलराज रेग्मीका साथमा गृहमन्त्री माधवप्रसाद घिमिरे र सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले पनि २६ जनाको कोटाबाट मनोनित भएर सभासद बन्ने इच्छा देखाउनुभएको छ । २६ जना सभासदका मनोनयन गर्ने कार्य रेग्मी मन्त्रिपरिषदकै हातबाट हुन्छ ।
प्राप्त जाकारी अनुसार खिलराज रेग्मीका साथमा गृहमन्त्री माधवप्रसाद घिमिरे र सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले पनि २६ जनाको कोटाबाट मनोनित भएर सभासद बन्ने इच्छा देखाउनुभएको छ । २६ जना सभासदका मनोनयन गर्ने कार्य रेग्मी मन्त्रिपरिषदकै हातबाट हुन्छ ।
एकथरिले भने रेग्मीले अध्यक्ष नयाँ सरकार बनेपछि प्रधानन्यायधीशबाट आफैं राजीनामा दिने र राष्ट्रपति पदका लागि दलहरुसँग लविङ शुरु गर्ने विश्लेषणसमेत गरेका छन् । नयाँ सरकारलाई पद हस्तान्तरण गर्न भने रेग्मीले लगभग पुसभरि कुर्नुपर्ने स्रोतले बताएको छ ।
0 comments
Write Down Your Responses