अबका प्रधानमन्त्री केपी ओली : भण्डारी सहमतीय सरकार गठन हुनपर्ने नेताहरुको जोड

१० मंसिर, काठमाण्डौ । प्रमुख दुई दल काँग्रेस-एमाले लगायतका दलका नेताहरुले सवै दलको सहमतिमा राष्ट्रिय सरकार गठन गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले सवै सरकारमा सहभागी भए संविधान निर्माण सहज हुने भएकाले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको वताएका हुन् ।  रिपोर्टर्स क्लब नेपालले सोमवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले सरकार गठन सबै दललाई सहमतिमा ल्याएर हुने वताउनु भएको छ । उहाँले सरकारको नेतृत्व गर्ने अबसर एमालेले पाए नेता केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दावी समेत गर्नु भयो ।bidhya devi bhandari
उहाँले प्रभावशाली नेता ओलीलाई प्रधानमन्त्री बन्ने विषयमा पार्टी भित्र कुनै विवाद नरहेको दावी समेत गर्नु भयो ।  भण्डारीले आगामी संविधानसभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको मान्यता अनुसारको संविधान निर्माण गर्ने र काँग्रेस र एमालेकै एजेण्डा संविधानमा स्थापित हुने बताउनुभयो । उहाँले एमाले संविधान र सरकार निर्माणका लागि सहमतिमै अघि बढ्नु पर्ने पक्षमा रहेको स्पष्ट पार्नु भयो । एमालेले सहमतिकै आधारमा सरकार निर्माण गर्न पहल गर्ने जानकारी दिँदै उहाँले जनमत विरुद्ध गएर अधिनायकबाद तर्फ उन्मुख नहुन एमाओवादीलाई सुझाव दिनुभयो । उहाँले निर्वाचनको प्रक्रियामा भाग लिएपछि परिणाम नस्विकार्नु राजनीतिक चरित्र नभएको दावी गर्नु भयो । उहाँले भन्नुभयो,’एमाओवादी संविधानसभामा आउँछ । उसलाई भाग्ने ठाँउ छैन । ‘
काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेस ठूलो दल भए पनि आफूहरु सबैलाई मिलाएर सहमति, सहकार्य र एकताका साथ संविधान र सरकार निर्माणको पक्षमा रहेको स्पष्ट पार्नु भयो । उहाँले काँग्रेस ठूलो दल भए सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माण गरिने स्पष्ट पार्नु भयो । काँग्रेसले चुनावी सफलता हासिल गरेको र पार्टीमा पहिला नै कोइरालाको नाम प्रस्तावित भईसकेकोले सर्वसम्मत रुपमा सभापति कोइराला नै प्रधानमन्त्री बन्ने उहाँले दावी गर्नु भयो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले जसको बढी सिट आए पनि मुलुकलाई सहमतिकै आधारमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले जित्नेले सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाए संविधान निर्माण सहज हुने तर्क गर्नु भयो । उहाँले ठूला दलहरुलाई पद्धतिबाट अघि बढ्न आग्रह गर्दै प्रधानमन्त्री को बन्ने भन्ने विवादमा लागे फेरि पनि अवस्था विगार्न सक्ने आशंका ब्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमार्फत जनताले जातीयता र क्षेत्रीयताको कुरालाई अस्विकार गरिदिएको दावी गर्नु भयो । उहाँले विगतमा संविधान बन्न नसकेको जातीयता र क्षेत्रीयता जस्ता कारणलाई जनताले समाप्त पारिदिएकोले अब संविधान बन्ने सम्भावना बढेर गएको भन्दै आफ्नो पार्टीले हारे पनि जनताको मतले मलुक जितेको तर्क दावी गर्नु भयो । उहाँले सरकार निर्माणको विषयमा खिचातानी नगरी फेरि पनि सहमतिमै संविधान निर्माणको बाटोलाई काँग्रेस र एमालेले आत्मसाथ गर्नु पर्नेमा जोड दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.