अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचन

मंसिर १० - अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मतदान प्रक्रियादेखि मत गणना परिणामसँग संविधान सभा निर्वाचनको खबरलाई महत्वकासाथ समेटेको छ । यतिमात्र नभएर उनीहरु पराजयपछि एमाओवादीको गतिविधि र अग्र पंक्तिमा देखिएका नेपाली काँग्रेस एवं एमालेको भावी रणनीतीमा ध्यान केन्द्रीत गर्दै खबरहरु प्रकाशन र प्रसारण गरिरहेका छन् । छिमेकी मुलक भारतको समाचारपत्रहरु हिन्दुस्तान टाइम्स, द हिन्दु, द टाइम्स अफ इन्डिया, अमर उजाला र भास्कर दैनिकले मतदानदेखि परिणामसम्मको घटनाक्रम पस्केका छन् । त्यहाँको टीभी च्यानलहरु जी न्यूज, एनडीटीभी, आजतक, एबीपी न्यूज र आईबीएन-७ ले रुचीकासाथ परिणामपछि नेपालमा हुने परिवर्तन बारे चासो राखिरहेको छ । भारतीय पत्रिका, टिभी र अनलाइनहरुले निर्वाचनपछि कस्को नेतृत्वमा सरकार बन्ने एवं त्यसले दुई मुलुकबीचको सम्बन्धलाई पार्ने प्रभावमा बढी ध्यान केन्द्रीत गरेका छन् । ती टिभी र पत्रिकाको अनलाइन संस्करणमा निर्वाचन परिणामलाई समेटिएको छ । उनीहरुले काठमाडौं-१० बाट पराजित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं-१ बाट पराजित उनको छोरी रेणु दाहालको खबरलाई रोचक ढंगले पस्केका छन् । बहुमतबाट एकाएक क्षेत्रीय दलको अवस्थामा पुगेको माओवादीको सेरोफेरोमा उनीहरुले बढी खबर लेखेका छन् । एमाओवादीले गरेको निर्वाचन बहिष्कार र त्यसपछि निर्वाचन आयोग एवं प्रमुख दलबाट आएको धारणाको विश्लेषण गरिएको छ । अल जजिरा, च्यानलन्यूज एशिया डट कम, चाइना सेन्ट्रल टिभी - सीसीटीभी ), रोयटर्स, सिन्हृवा, पीटीआई, बीबीसी, एपी, एफपी, टाइम म्यागजिन, फस्टपोस्ट डट वल्र्ड, द वाल स्ट्रीट जर्नल र आइबीएनलाइभ डट इन डट कमले राजनीतीक उतार चढावबीच भएको यो निर्वाचनमा नेपाली जनताको साहाँसको प्रशंसा गर्दै सामग्रीहरु पस्केको छ । उनीहरुले विकसित घटनाक्रमकासाथ तस्बिरहरु प्रकाशित गरेका छन् । उनीहरु पनि निश्पक्ष एवं शान्तिपूर्ण निर्वाचनलाई उदाहरणीय मानेका छन् । नेपाल र यहाँको जनताको भविष्यसँग जोडेर यो निर्वाचनलाई हेरेका छन् । उनीहरुले राजशाहीको पतनपछि देखिएको राजनीतीक अस्थिरताबाट राहत पाउन दलहरुले चाल्ने कदमको बारेमा चीरफार गरेका छन् । फुटपछि कमजोर हुँदै गएको संगठन, जनहितका मुद्दाको कमजोर उठान र जनतामा आलोच्य गतिविधिले एमाओवादी तेस्रो स्थानमा पुगेको भनिएको छ । द वाल स्ट्रीट जर्नलले ' निर्वाचनले पाँच वर्षदेखि' को राजनीतीक अवरोध 'डेडलक' लाई हटाउने आशय व्यक्त गरेको छ । भारतको अनलाईन खबर फस्टपोस्ट डट वल्र्ड र आइबीएनलाइभ डट इन डट कमले यो निश्पक्ष निर्वाचनले सीमावर्ती मुलुक भारत र नेपालको सम्बन्धमा पर्ने प्रभाव बारे विश्लेषणात्मक खबर दिएको छ । परिणामपछि चीन र नेपालबीचको सम्बन्ध कसरी अघि बढ्ने बारे पनि भनिएको छ । उनीहरुले कँग्रेस र एमालेलाई लचिलो धारमा विश्वास राख्ने दल भनेको छ । जर्मनीको अनलाइन पत्रिका डी डब्लु डट डेले बमको पर्वाह नगरी नेपाली गरेको मतदानलाई उदाहरणीय मानेको छ । अमेरिकाको विदेश विभागको बेभसाइटमा पनि निर्वाचनलाई महत्व दिइएको छ । त्यसैगरी अमेरिकाको ग्लाबेलभ्वाइस अनलाइन डटकमले मतदानको फोटो फिचर नै प्रकाशित गरेको छ । विकिपिडियाले यो निर्वाचनको इतिहासदेखि ताजा निर्वाचन परिणामसम्मलाई अपडेट गरेर राखिसकिएको छ । निर्वाचनअघि, मतदानका दिन र मत परिणामसम्मको स-सानो अपडेटे गरेको देखिन्छ । उनीहरुले समग्रमा दश वर्षे जनयुद्ध र सात वषभन्दा बढीको राजनीतीक अस्थिरताबाट यो मुलुकलाई यो निर्वाचनले निजात दिलाउने आशा व्यक्त गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.