देशमा अनिष्टको सङ्केत

जनकपुर अञ्चलको हिमाली जिल्ला दोलखामा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा आइतबार दिउसो करिब दुई घण्टा पसिना आएकोले मुलुकमा ठूलो अनिष्ट हुने आशंका गरिएकोछ । भगवान भीमसेनको शिलामा सात वर्षपछि पसिना आएको हो । भगवानको शिरबाट पहिलो पटक पसिना आएको बताइन्छ ।
शिरबाट पसिना आउ“दा ठूलो क्षति हुने अनुमान गरिएपनि भगवानलाई क्षमा पुजागरि अनिष्ठ रोक्ने प्रयास गरिने बताइएकोछ । भीमेश्वरलाई पसिना आउ“दा मुलुकमा अनिष्ट हुने बताइएको छ ।

भीमसेनको शिलाको दाया“बाट पसिना आउ“दा राजदरबारलाई र बाया“बाट पसिना आउ“दा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ । यसपटक भीमसेनको शिलाको शिरबाट तीनधारा हु“दै पसिना आएको छ ।

भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको स्थानीयवासीको भनाइ छ ।  उहाले भीमसेनको शिलामा पसिना आइरहँदा मन्दिर परिसरमा रहेका सम्पूर्ण घन्टहरू एकैसाथ बजाई आम भक्तजनमा जानकारी गराउने  प्रचलन रहेकाले घन्ट बजाइ भीमसेनलाई पसिना आएको जानकारी गराइएको बताउनुभयो ।
भीमसेनको पसिना पुछेको कवास महाप्रसादको रूपमा ग्रहण गरिने प्रचलन रहेको हुनाले आइतबार दिनभर नै मन्दिर परिसरमा  भक्तजनको ठूलो घुइँचो लागेको थियो ।
यता दोलखाको अनुसन्धानमा लागि परिरहेका संस्कृतिविद् शान्ताकृष्ण श्रेष्ठले भीमसेनलाई पसिना आउँदा मुलुकमा केही उतारचढाव आउनसक्ने अनुमान गर्नुभएको छ ।
भीमेश्वरको शिलालाई पसिना आएपछि परम्परागत मान्यताअनुसार तान्त्रिकले गोकुल धुपले भीमेश्वरको पूजा गर्दै क्षमा मागेका थिए । पसिना आएको अवधिभर पूजारी तथा स्थानीयले मन्दिर परिसरमा रहेको घन्ट नगराहरू ठूलो आवाज आउने गरी बजाएका थिए । पसिना हेर्न आउने मानिसहरूको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.