बोक्सीको आरोपमा दुई महिला कुटिए

धादिङ ।

 बोक्सी मन्त्र गरेर मानिस र गाईजस्तु बिरामी परेको आरोपमा सुनौला बजारकी दुई महिला कुटिएका छन् । सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस-४ की ३० वर्षीया चनमती मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरुले कुटेर गम्भीर घाइते भएपछि जिल्ला अस्पतालमा उपचार गराइरहेकी छन् ।
मंसिर २५ गते बिहान ११ बजेतिर चनमती आफ्नो बच्चा विद्यालय पठाएर घर र्फकन लागेका बेला बोक्सीले सबै मानिस गाईवस्तु मारेको र बिरामी पारेको भनेर छिमेकी ४५ वर्षीया सुन्तली मगरातीले हसियाले घाँटीमा हाने । चनमतीले हातले छेकेपछि उनले हातले छेकेका कारण दाहिने हात गहिरोसँग काटिएको छ ।
चनमतीलाई सीता मगरातीले पनि लठीले हानेर लडाएर गम्भीर घाइते बनाएर मर्‍यो भनी फालिदिए । उनलाई आक्रमण गरेको देखेर छुटयाउन गएकी पम्फालाई पनि आक्रमण गरियो । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते दुवैलाई अन्य छिमेकीसमेतले उद्धार गरी प्रहरी कार्यालयमा पुर्‍याएका थिए । घाइतेहरुको मेडिकलमा सामान्य उपचारपछि अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । पीडितहरुले आक्रमण गर्ने सुन्तली, उनकी छोरी सीता र सुन्तलीका पति रुपबहादुर मगरातीविरुद्ध कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.