गोपाल सेवा समितिको २२ औं वार्षिकोत्सव सम्पन्न

टुडे समाचारदाता
जनकपुरधाम, 30 मंसिर ।
कगोपाल सेवा समितिले २२ औं वार्षिकोत्सव तथा साधारणसभा शुक्रवार जनकपुरमा सम्पन्न गरेका छन । समितिका अध्यक्ष राजाराम अड्गरियाको अध्यक्षता तथा पूर्व अध्यक्ष डा. योगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेका हुन ।

कार्यक्रममा वक्ताहरुले यादव समूदायलाई अगाडी बढाउन आगामी दिनमा अझै शसक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा महासचिव रामनारायण यादव‘शितल’ले वार्षिक प्रगति विवरण प्रस्तुत गरका थिए ।
कार्यक्रममा अध्यक्ष राजाराम यादवले आफू समितिलाई विकास गर्न प्रतिवद्ध रुपमा लागेको दावी गर्दै कुनै प्रकारको आर्थिक चलखेल आफूले गरेको प्रमाणित भए सजाय भोग्न तयार हुने बताए । उनले धनुषाको तदर्थ समिति छिटटै गठन गर्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष जंगबहादुर यादव            (बारा),श्रीमती सुनरपती यादव(बारा), हेमकान्त राई(रौतहट), योगेन्द्र यादव (काठमान्डौ),भागरथ यादव(धनुषा)का साथै सियाराम राय,रामेश्वर राय, कारी यादव, उमेश यादव, राजकुमार यादव, रामपुकारी यादव, शुरेस यादव, अवधकिशोर यादव, लालजीशरण यादव, माथुर यादव लगायतले बोलेका थिए ।
समितिका सदस्य डा.शुसिल यादवले संचालन गरेको कार्यक्रममा सदस्य लक्ष्मेश्वर यादवले स्वागत मनतव्य राखेका थिए भने सदस्य बजरंग यादवले सहभागीहरुमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा टिमकीया महोत्तरी स्थायी निवासी र हाल जनपा ४ मा बस्दै आएकी सुश्री मनिषा अधिकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । समितिका सदस्य बजरंग यादवले सीए पास गरेकी कारण अधिकारीलाई सम्मान गरिएको बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.