नेपाली क्रिकेटलाई तीन करोड प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिंगापुरको बीएस स्पोर्ट्सले वाषिर्क १ लाख डलर बराबरको खेल सामग्री तीन वर्षका लागि प्रदान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ -क्यान) र सिंगा स्टिल एसजी प्रालिको बीएस स्पोर्ट्सबीच आइतबार करिब तीन करोडको सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्यान अध्यक्ष टंक आङबुहाङ र सिंगा स्टिलका प्रमुख तथा सिंगापुर राष्ट्रिय क्रिकेट टिम कप्तान साद खान जानजुवाले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाली क्रिकेटलाई भएको यो सर्वाधिक राशिको प्रायोजन पनि हो ।

सम्झौताअनुसार सिंगापुरको बीएस स्पोटर््सले राष्ट्रिय टिमका सबै सदस्यलाई प्रायोजन गर्नेछ र उनीहरूलाई आवश्यक पर्ने सबै खेल पोसाक तथा खेल सामग्री प्रदान गर्नेछ । अब राष्ट्रिय टिमले आफूले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा बीएस स्पोटर््सबाट उत्पादित सामग्रीमात्र प्रयोग गर्नेछ । नेपाली राष्ट्रिय टिमलाई भने पेप्सी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रायोजन गरिरहेका छन् ।

'हामी आईसीसीको रजिस्टर्ड सर्टिफाइड 'भेन्डर' हौं । त्यसैले हाम्रो लोगो जर्सीमा प्रयोग हुनेछ,' सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रायोजक कम्पनीका साद खानले भने, 'हामी नेपाली क्रिकेटलाई सहयोग गर्न पाएकामा खुसी छौं । नेपाल कडा मिहिनेत र लगावका कारण विश्वकप खेल्न गइरहेको छ ।' उनले अघिल्लो साता सम्पन्न 'जर्नी टु वल्र्डकप' प्रतियोगिताको दौरान पूर्वकप्तान विनोद दास र आमिर अख्तरसँगको कुराकानीपछि यसको टुंगो लागेको जानकारी दिए । आईसीसीको प्रतियोगितामा राम्रो गर्ने नेपाली खेलाडीलाई तुरुन्त प्रोत्साहन रकम उपलब्ध गराउने र टिमलाई म्याच फि प्रदान गर्ने पनि बताए ।

त्यस अवसरमा क्यान अध्यक्ष आङबुहाङले नेपाली क्रिकेटले पाएको सफलताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सबै सहयोगका लागि आतुर देखिएको बताए । उनले यो क्रिकेटका लागि शुभसंकेत रहेको धारणा राखे । बीएस स्पोर्ट्सका बिजनेस प्रमुख मुहमद अली ववरले नेपाली क्रिकेटको विकासका लागि आफूहरू लागिपर्ने विचार राखे । राष्ट्रिय टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रियस्तरका सामान प्रयोग गर्न पाउनु खुसीको कुरा भएको बताए ।



0 comments

Write Down Your Responses

Powered by Blogger.