रोजगार ब्यबसायीले घेरे मलेसियन राजदूतावास अमर्यादित गतिबिधिले रोजगारी गुम्ने खतरा
भिषा शुल्क बढाएको बिरोधमा बैदेशिक रोजगार ब्यबसायीहरुले नेपालस्थित मेलेसियन राजदूतावासमा बिरोध प्रर्दशन गरेका छन् । बिहान ९ बजे पुल्चोकस्थित मलेसियन दूतावास पुगेर रोजगार ब्यबसायीहरुले धर्ना दिँदै भिषा शुल्क घटाउन माग गरेका छन् । यसअघि मलेसियाले ७ सय रुपैयाँमा दिँदै आएको मलेसियाले नोभेम्बर पहिलो सातादेखि ३ हजार ९ सय रुपैयाँ पुर्याएको थियो । एकैपटक ६ गुनाभन्दा बढि भिसा शुल्क बढाएको बिरोधमा उनीहरुले दूतावासविरुद्ध प्रर्दशन गरेका हुन् ।
प्रर्दशनमा उलेख्यमात्रामा रोजगार ब्यबसायीहरुको उपस्थीति थियो । संघका अध्यक्ष बलबहादुर तामाङले एकैपटक ६ गुना भिसा शुल्क बढाउनु न्यायोचित नभएकाले बिरोध गरिएको बताउनुभयो । ‘भिसा प्रोसेसिङको काम नीजि क्षेत्रलाई दिएका कारण नै शुल्क बढेको हो’ तामाङले भन्नुभयो ।हाल भीएलएन नामक कम्पनीले अनलाइनमा भिसा इन्ट्री गर्ने काम गरिरहेको छ । उसले ३ हजार ९ सय नै शुल्क लिए पनि ७ सयको मात्र कागजात दिने गरेको छ । ‘नेपाली मान्छेको नाममा दर्ता भएको मलेसिया भिएलएन नेपाल प्रा.लि. र मलेसियन राजदुताबासका कर्मचारीबीच मिलेमतो भएको हुनक्ने भएकाले नेपाल राष्ट बैंक र अन्य निकायहरुबाट छानविनको माग गर्दछौं ।’- तामाङले भन्नुभयो ।
मर्यादाविपरित तामाङको नेतृत्वमा केही ब्यबसायीहरुले दूतावास घरिरहँदा मलेसिया कामदार पठाउने काम गरिरहेका अन्य ब्यबसायी भने त्यसको बिरोधमा देखिएका छन् । ‘कुनै पनि देशले गरेको निर्णयविरुद्ध दूतावास घेर्न जानु कुटनीतिक मर्यादा विपरित हो’ एक ब्यबसायीले अनलाइनखबरसँग भन्नुभयो-’यसले मलेसियाका रोजगारदाता भडकिने र रोजगारी नै गुम्ने खतरा हुन्छ ।’नेपाली कामदारले कार्यक्षेत्रमा आन्दोलन गरिदिँदा अहिले नै छवि बिगि्रइसकेको भन्दै उहाँले म्यानपावर ब्यबसायी नै दूतावास घेर्न पुग्नुले स्थीतिलाई भड्काउने दावी गर्नुभयो । नेपालमात्र नभएर एकैपटक १६ वटा मुलुकमा भिसा शुल्क बढाउने मलेसियाली सरकारले निर्णय गरेकाले त्यसको बिरोध गर्नु औचित्यहीन भएको उनीहरुको तर्क छ ।
तर, बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष तामाङले भने निजी क्षेत्रलाई नदिने हो भिसा शुल्क नबढने दावी गर्नुभयो । हालै मलेसिया सरकारले भिसा कोड नम्बर र पासवर्डसमेत दिने र म्यानपावर ब्यबसायीले आफ्नो भिसा प्रोसेसिङबारे थाहा पाउनेगरि नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने निर्णय गरेको छ । फोस्वाँ नामक नयाँ कम्पनीले सो जिम्मा पाएपछि भिएलएन नामक कम्पनीले त्यसको बिरोध गरिरहेको छ । फोस्वाँ र भिएलएनवीचको द्वन्द्वमा हतियार बन्दै रोजगार ब्यबसायी भने दूतावास घेर्नेसम्मका काममा अघि सरेका छन् ।
0 comments
Write Down Your Responses