कतार एयरवेजले दियो बार्सिलोनाको जर्सी

Quater-air
हंशराज संज्यालले चर्चित फुटबल क्लब बार्सिलोनाको अर्जिनल जर्सी जित्न सफल हुनुभएको छ । कतार एयरवेजको अभियानमा उहाँले जर्सी जित्न सफल हुनुभएको हो । उहाँलाई एयरवेजको काठमाडौंस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जर्सी हस्तान्तर गरिएको छ ।
कतार एयरवेजले बार्सिलोना क्लबसँग ३ वर्षका लागि सहकार्य गरेको छ । एयरवेजमा लगातार उडान भर्ने विश्वभरका यात्रुहरुको बिचमा गरिएको लक्की ड्रमा हंशराजसहित १० जना बिजयी भएका थिए । हंशराजलाई एयरवेजका बिक्री प्रबन्धक रोहनले कतार एयरवेज अंकित बार्सिलोना क्लबको जर्सी हस्तान्तर गर्नुभएको थियो ।
कतार एयरवेजले स्थापनाको १६ वर्षमा ठूलो सफलता हासिल गरिसकेको छ । एयरवेजले हाल १२८ एयरक्राफ्ट मार्फत विश्वका विभिन्न १३३ गन्तव्यमा उडान भर्दै आएको छ । सन् २०१३ मा एयरवेजले थप १० गन्तव्यमा उडान सुरु गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.