दर्शनार्थीको चहल पहल घट्दै
२४ मंसिर । साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएपछि जनकपुर आएका दर्शनार्थीहरु घर फर्किन थालेका छन । शनिवार विवाह पञ्चमी महोत्सव सम्पन्न भए लगत्तै नेपाल लगायत भारतका विभिन्न स्थानबाट सहभागी भएका दर्शनार्थीहरु घर फर्किन थालेपछि विवाह पञ्चमीको रौनक सम्पन्न भएको छ ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन मिथिला र वैदिक परम्परा अनुसार भएको मान्यता अनुसार हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमीको अवसरमा भव्य मेला लाग्ने गरेको छ ।
सीतोपाख्यानका अनुसार असोज पूर्णिमाका दिन अयोध्याका राजकुमार रामले प्राचीन शिव धनुषलाई भांचेको र त्यसपद्धि मंसिर शुक्ल पञ्चमीमा रामसीताजानकीको शुभविवाह भएको प्रसंग उल्लेख भए अनुसार लाग्ने गरेको विवाह पञ्चमी मेलामा सहभागी हुन नेपालका तराई, पहाड तथा हिमालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट लाखौंका संख्यामा दर्शनार्थीहरु जनकपुर आउने गरेका छन । भारतका अयोध्या, वृन्दावन, लखनउ, पटना लगायतका स्थानका मठ मन्दिरका संत, महंथ तथा दर्शनार्थीहरु सहभागी हुने गरेका छन ।

0 comments
Write Down Your Responses