धनुषाबाट ११ सभासद पक्का,अझै धेरै बढने
संबिधान सभामा धनुषाबाट हाल सम्म ११ जना सभासद भएकाछन ।बिभिन्न दलकागरि प्रत्यक्ष तर्फबाट ७ जना सभासद चुनिएका छन ।समानुपातिक तर्फ हाल सम्म एमालेले ३ र राप्रपाले १ गरी चार जनालाई सभासद बनाएकाछन ।
धनुषाबाट एक मात्र स्थान प्रत्यक्ष तर्फ जितेको एमालेले समानुपातिक तर्फ ३ जनालाई चयन गरेकोछ ।त्यसैगरि राप्रपालेपनि एकजनाको नाम समानुपातिक सभासदमा चयन गरेकोछ ।राप्रपाले लक्ष्मी थापा पासमानलाई मधेशी महिला कोटाबाट सभासद बनाएकोछ ।नेपाली का“ग्रेस,एमाओवादी, तमलोपा, सदभावना, फोरम लोकतान्त्रिक, फोरम नेपाल लगायतका दलहरुले समानुपातिक तर्फको सभासद चयन गर्न बा“की छ ।स्रोतहरुका अनुसार तमलोपाले धनुषाबाट डा.विजय कुमार सिंह र महिला नेतृ इन्द्रा झालाई सभासद बनाउने निश्चित छ ।
नेपाली का“ग्रेसबाट धनुषामा सर्बाधिक समानुपातिक सभासद पर्ने संभावना रहेकोछ ।एमाओवादीलेपनि दुईजनालाई बनाउने संभावना रहेकोछ ।फोरम नेपाल र फोरम लोकतान्त्रिकले धनुषाबाट सभासद बनाउने संभावना कमै रहेको बताइन्छ ।सदभावनाले निर्णय गरिसकेको बताइएपनि नाम सार्वजनिक गरिसकेको छैन ।स्रोतहरुका अनुसार नेका“बाट निश्चित भइसकेका नामहरुमा स्मृतिनारायण चौधरी ,महेन्द्र यादव, लिला कोइराला र आनन्दप्रसाद ढुंगाना छन ।अन्य नामपनि समावेश हुने बताइएको छ ,तर उनीहरुको टु·ो लागिसकेको छैन ।
गत संबिधान सभा चुनावमा धनुषाबाट ७ प्रत्यक्ष सहित २२ जना सभासद थिए ।त्यस मध्ये डा.रामवरण यादव राष्ट्रपति बनेपछि उनको स्थानमा भएको उपचुनावबाट रघुबीर महासेठ निर्वाचित भएका थिए ।एमाओवादी छाडेपछि मातृका यादव सभासदबाट हटाइएका थिए ।उनको स्थानमा एमाओवादीबाटै फरमुद नदाफ चुनिएका थिए ।

आफ्नो मत व्यक्त गर्नुहोस्
0 comments
Write Down Your Responses