१८ तले भवनबाट खसेर मलेसियामा नेपालीको मृत्यु
मलेसियामा एक नेपालीको १८ तले भवनबाट खसेर मृत्यु भएको छ । दामनसरा पेलांगीमा रहेको एक भवनवाट खसेर एक सुरक्षागार्ड कम्पनीमा कार्यरत पाँचथरका महेन्द्र दाहालको मंगलबार राति करिब साढे २ बजेतिर भवनबाट खसेर मृत्यु भएको हो ।
भवनको छतमा रहेको पानी ट्यांकी हेर्न जाने क्रममा उनी लडेको र घटनास्थलमै मृत्यु भएको त्यहां कार्यरत एक नेपालीले जानकारी दिएका छन् । उनी गैरकानुनी हैसियतमा कार्यरत रहेको वुझिएको छ । दाहाल वैदेशिक रोजगारीका क्रममा करिब ६ बर्षअघि मलेसिया आएका थिए । २९ बर्षीय दाहालको शवलाई स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको वुझिएको छ ।
0 comments
Write Down Your Responses