कांग्रेसमाथि कम आलोचना भएको एमाले निश्कर्ष समानुपातिक सभासदबारे विहीबार छलफल हुने

दोस्रो संविधानसभा चुनावमा नेकपा एमालेले एमाओवादीको आलोचनामा बढ्ता ध्यान दिएको तर, कांग्रेसको आलोचनामा कम ध्यान गएको निश्कर्ष निकालेको छ । बुधबार बल्खुमा आयोजित स्थायी कमिटी बैठकले चुनावमा केही कमीकमजोरीका बाबजुद पार्टीले राम्रो नतिजा हासिल गरेको भन्दै सन्तोष प्रकट गरेको छ ।
CPN_UML_office‘समग्रमा निर्वाचनमा सफलता हासिल गरियो भन्ने हाम्रो निश्कर्ष छ, तर केही समस्याहरु हल गरेको भए एमाले पहिलो पार्टी बन्ने हाम्रो मूल्यांकन छ ।’ एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भन्नुभयो, ‘समग्रमा एमाले सफल भएको छ र बैठकले मतदातालाई धन्यवाद दिने निर्णय गरेको छ ।’
निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस हुँदाहुँदै एमाओवादीको सैद्धान्तिक आलोचनामा बढ्ता ध्यान गएको हुनाले कांग्रेसको आलोचनामा ध्यान पर्याप्त ध्यान दिन नसकिएको ज्ञवालीले निश्कर्ष सुनाउनुभयो । ‘एमाओवादीको सैद्धान्तिक आलोचना जरुरी नै थियो, तर, कांग्रेसप्रति पनि ध्यान दिन सकेको भए एमाले पहिलो पार्टी बन्न सक्थ्यो ।’ उहाँले भन्नुभयो ।
वैठकले निर्वाचनमा पार्टीका तर्फबाट भएका कमी कमजोरीहरुको पनि समीक्षा गरेको ज्ञवालीले अनलाइनखबरलाई बताउनुभयो । उहाँका अनुसार उम्मेद्वारी छनौटमा ठाउँमा केही समस्याहरु देखिनु, कतिपय ठाउँमा स्थानीय अन्तरविरोधहरु समाधान गर्न नसक्नु अनि माथिबाटै नेतृत्वले ध्यान दिनुपर्ने कतिपय विषयमा ध्यान नपुग्नु कमजोरी रहेको एमाले बैठकले समीक्षा गरेको छ ।
विहीबार दिउँसो १२ बजे बस्ने बैठकले चुनावपछिको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने ज्ञवालीले जानकारी दिनुभयो । समानुपातिक तर्फका सभासदहरुको छनौटका विषयमा पनि विहीबारबाटै छलफल प्रारम्भ हुने उहाँले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141919/#sthash.34vxKePA.dpuf

0 comments

Write Down Your Responses

Powered by Blogger.