चरेश र अवैध गहनासहित १० जना पक्राउ

वीरगन्ज । पर्साको मुडली गाविस तीनडोबियामा रहेको चरेश कारखनामा छापा मारेर प्रहरीले चरेशसहित ८ जनालाई पक्राउ गरेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी नायव निरीक्षक कृष्ण लामिछानेको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मुडली गाविस-७ तीनडोवियास्थित शिवनाथ राउत कुर्मीको घरमा रहेको चरेश बनाउने कारखानामा छापा मारेको हो ।
मंगलबार विहान साढे ९ बजे छापा मारेर चरेश बनाईरहेकै अवस्थामा तीनडोबियाका राजन पटेल, विनोद साह, वैजनाथ राउत, विश्वनाथ पटेल, रामनाथ पटेल, द्वारिका साह, वडा नं. ६ का देवशंकर पटेल र होदा आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
कारखानाबाट १३ केजी तयारी चरेश, चरेश बनाउने मेशिन तीनथान, चरेश च्याप्ने काठको फर्मा छ थान र प्याकिङ्ग गर्ने प्लाष्टिक समेत बरामद गरिएको प्रनानि कृष्ण लामिछानेले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
गहनासहित दुई पक्राउ
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउादै गरीएको चाँदीको रेडिमेड गहनासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको बाइपास रोडबाट चाँदीको गहनासहित रौतहटको कटहरिया-५ का २८ वर्षीय गुडडुकुमार सोनार र १८ वर्षीय प्रशान्त मिश्रलाई पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाको टोलीले दुवैलाइ पक्राउ गरेको हो । उनीहरुको साथबाट चाँदीका १२ जोर पाउजु, २ थान सिक्री, ८ जोर बाला, ११ थान लकेट, ६ जोर विछिया र ६ जोर झुम्का बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाइ कारवाहीका लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै भन्सार प्रज्ञापनमा उल्लेख भएको नम्बर र समान लोड गरेको ट्रकको नम्बर मेल नखाएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । विरगञ्ज भन्सार कार्यालयबाट ना.१.ख.२८९४ नम्बरको गाडी उल्लेख गरी अवैध रुपमा ना.४.ख.८९०३ नम्बरको ट्रकमा लोड गरी भारतीय सामान ल्याउादै गरेको अवस्थामा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.