एनसेल कपमा थ्रीस्टारको विजयी सुरुवात

राजधानीमा जारी एनसेल कप फुटबलमा थ्रीस्टारले विजयी सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले शसस्त्र प्रहरीको एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित रशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले २१ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटमा नै एपीएफका रन्जन विष्टले बराबरी गोल फर्काए । ३१ औं मिनेटमा एपीएफले अग्रता लिने मौका गुमायो । गणेश लावतीको प्रहार बारमा लाग्यो ।
७० औं मिनेटमा प्रकाशले व्यक्तिगत दोस्रो गोल गरेपछि थ्रीस्टार २-१ को अग्रता लिन सफल भयो । खेलमा थप गोल भएन र थ्रीस्टार २-१ ले विजयी भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.