अछामको साँफेबगर तर्फ गुडीरहेको जिपबाट हाम फाल्दा आइतवार एक महिलाको ज्यान गएको छ । से १ ज ५०९ नम्बरको जिप बाट हाम फाल्दा बाजुरा कोल्टी गाविस वडा नम्बर २ की ४० वर्षकी गौरी सुनारको मृत्यु भएको हो । साफेबगरको छिपेखोला बाट साफेवगर हाट बजारतिर गैरहेको जीपबाट हाम फाल्न खोज्दा सुनार गम्भिर घाइते भई उपचारको क्रममा अछाम बयालगडा अस्पतालमा पुर्याइएको र उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई मृतकलाई अछाम सदरमुकाम मंगलसैन ल्याईएको प्रहरीले जनाएको छ । यता बाजुरामा आगोमा जलेर एक जनाको ज्यान गएको छ । तोली गाविस वार्ड न १ का रिन भण्डारीको आगोमा जलेर ज्यान गएको हो । शनिबार राति छानामा बालीएको आगो दन्किएर ४५ वर्षका भण्डारीको ज्यान गएको उनका आफन्त महेन्द्र भण्डारीले जानकारी दिए ।
अछामको साँफेबगर तर्फ गुडीरहेको जिपबाट हाम फाल्दा आइतवार एक महिलाको ज्यान गएको छ । से १ ज ५०९ नम्बरको जिप बाट हाम फाल्दा बाजुरा कोल्टी गाविस वडा नम्बर २ की ४० वर्षकी गौरी सुनारको मृत्यु भएको हो ।
साफेबगरको छिपेखोला बाट साफेवगर हाट बजारतिर गैरहेको जीपबाट हाम फाल्न खोज्दा सुनार गम्भिर घाइते भई उपचारको क्रममा अछाम बयालगडा अस्पतालमा पुर्याइएको र उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई मृतकलाई अछाम सदरमुकाम मंगलसैन ल्याईएको प्रहरीले जनाएको छ । यता बाजुरामा आगोमा जलेर एक जनाको ज्यान गएको छ । तोली गाविस वार्ड न १ का रिन भण्डारीको आगोमा जलेर ज्यान गएको हो । शनिबार राति छानामा बालीएको आगो दन्किएर ४५ वर्षका भण्डारीको ज्यान गएको उनका आफन्त महेन्द्र भण्डारीले जानकारी दिए ।
0 comments
Write Down Your Responses