पूर्वघोषित प्रतिबद्धता पूरा गर्ने एमालेको अठोट
एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको बैठक सुरु भएको वर्षदिनभित्रै नयाँ संविधान जारी गर्ने पूर्वघोषित प्रतिबद्धता पूरा गर्ने अठोट गरेका छन् । संविधानसभा निर्वाचनको परिणामले मुलुकलाई नयाँ शिराबाट अघि बढाउने म्यान्डेट प्राप्त भएको भन्दै एमाले अध्यक्ष खनालले एक वर्षभित्रै संविधान जारी गर्ने अभिभारा र दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष खनालले शनिबार प्रेस विज्ञप्ति जारी गरी नयाँ म्यान्डेटअनुसार आफ्नो पार्टीलाई दोस्रो शक्तिका रूपमा जनअभिमत प्राप्त भएकाले त्यसअनुरूप एक वर्षभित्रै संविधान जारी गर्ने अभिभारा र दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएको राजधानी दैनिकमा समाचार छ । हाम्रो गौरवशाली पार्टी नेकपा एमालेलाई मुलुकको दोस्रो ठूलो शक्तिका रूपमा जनताको अभिमत प्रकट भएको छ । यो अभिमतले हाम्रो काँधमा गहन दायित्व र अभिभारा थपिएको छ । हामी दृढसंकल्पका साथ ती दायित्व र अभिभारालाई पूरा गर्न प्रतिबद्ध छौं, खनालले विज्ञप्तिमा भनेका छन्, ‘तोकिएकै समयमा नयाँ संविधान निर्माण गरी मुलुकलाई आर्थिक विकास र सामाजिक रूपान्तरणको दिशामा अघि बढाउन प्रतिबद्ध छौं ।
एमालेले चुनावी घोषणापत्रमै एक वर्षभित्र संविधान जारी गर्ने उल्लेख गर्दै सहमति नभएमा जनमत संग्रहको माध्यमबाट भए पनि टुंगो लगाउने उल्लेख गरेको छ । सोही आधारमा खनालले तोकिएको समयभित्रै संविधान निर्माण गर्न अभिभारा पूरा गर्ने अठोट गरेका हुन् । खनालले आपूmले उम्मेदवारी दिएको सर्लाही–१ मा बलियो जनाधारका बाबजुद पराजित भए पनि आपूm सधंै सर्लाहीवासी जनताको पक्षमा रहने प्रतिबद्धतासमेत जनाएका छन् । क्षेत्रका १२ ओटै गाविसमा एमालेको बलियो जनाधार रहेको उल्लेख गर्दै झिनो मतअन्तरको पराजयले जनताको मनलाई कहिल्यै पराजित गर्न नसक्ने खनालले उल्लेख गरेका छन् । उनले आपूmलाई विजयी बनाउने इलाम–१ र मतदान गर्ने सर्लाही–१ दुवै क्षेत्रका जनतालाई हार्दिक आभारसमेत प्रकट गरेका छन् ।
बलियो संगठन र लहरलाग्दो जनउभारका बीचमा पार्टी पराजित हुनुका कारणहरू समीक्षा गर्न अध्यक्ष खनालले अञ्चल समन्वय कमिटी जनकपुर, जिल्ला कमिटी सर्लाही र क्षेत्रीय कमिटीलाई निर्देशनसमेत दिएका छन् । खनालले विज्ञप्तिमा निर्वाचनका क्रममा सर्लाहीको एकीकृत विकाससम्बन्धी अवधारणामार्फत विकास निर्माण गर्ने प्रतिबद्धताबाट आपूm पछि नहट्ने उल्लेख गरेका छन् । सर्लाहीको समृद्धि र विकासका लागि कुनै कसर बाँकी नराख्ने भन्दै अध्यक्ष खनालले मतदान गर्ने मतदाता, नेता कार्यकर्ता तथा आमजनतामा हार्दिक आभार प्रकट गरेका हुन् ।
निर्वाचनका क्रममा सर्लाही–१ का १२ ओटै गाविसमा म उपस्थित भई आममतदातासमक्ष नेकपा एमालेको पक्षमा मतदान गर्न अनुरोध गरें । त्यस क्रममा सर्लाही–१ का १२ ओटै गाविसमा एमालेको पक्षमा जनताको उच्च लहर देखा परेको थियो । के बूढापाका, के युवा सबै निर्वाचन अभियानमा सरिक हुनुभएको थियो । हाम्रो पार्टीको विजयलाई अन्य कुनै शक्तिले पराजित गर्न नसक्ने स्थिति देखा परेको थियो । यसरी निर्वाचन प्रचार–प्रसारको सिलसिलामा जनताको उत्साहपूर्ण सहभागिताले हाम्रो विजय धेरै मतअन्तरले सुनिश्चित छ भन्ने कुरामा म ढुक्क थिएँ ।
तर, मत परिणाम त्यस्तो रहेन,’ खनालले विज्ञप्तिमा भनेका छन्, ‘किन यस्तो हुन गयो रु त्यसका पछि के प्रमुख कारणहरू रहे रु हामीले हाम्रो मतलाई किन सुरक्षित गर्न सकेनौं रु यस्ता गम्भीर प्रश्नहरू उठेका छन् । यसका बारेमा नेकपा एमाले अञ्चल समन्वय कमिटी, जनकपुर, जिल्ला कमिटी सर्लाही र क्षेत्रीय कमिटीले गम्भीर समीक्षा गर्नेछ ।’ उनले निर्वाचनका क्रममा सर्लाही जिल्लाको एकीकृत विकाससम्बन्धी अवधारणापत्रमार्फत आपूmले विकास निर्माणलगायतका विषयमा गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । ‘झिनो मत अन्तरले आमजनताका मनलाई पराजित गर्न सकिँदैन । यस कुरालाई भविष्यले पुनर्पुष्टि गर्ने नै छ,’ एमाले अध्यक्ष खनालले विज्ञप्तिमा भनेका छन्, ‘समृद्ध सर्लाही बनाउन तपाईंहरूबाट आएका रचनात्मक सुझाव, राय र सल्लाहअनुसार अगाडि बढ्न मेरा तर्फबाट कुनै कसर बाँकी नरहने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।’

0 comments
Write Down Your Responses