विश्वकप पुगेका क्रिकेट खेलाडीलाई आज नगर परिक्रमा गराइँदै
मंसिर १९ - ट्वान्टी-ट्वान्टी विश्वकपमा पुगेको नेपाली राष्ट्रिय टिमका सदस्यलाई बुधबार नगरपरिक्रमा गरिँदैछ । क्यानका अनुसार बुधबार बिहान ११:३० बजे होटल क्राउन प्लाजा, नक्सालबाट सुरु भई दरबारमार्ग-बागबजार-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-सहिदगेट हुँदै राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरमा समापन हुने कार्यक्रम रहेको छ । साथै, क्यानले क्रिकेट खेलप्रेमीलाई नगरपरिक्रमा र्यालीमा सहभागी हुनसमेत अनुरोध गरेको छ ।
0 comments
Write Down Your Responses