राष्ट्रपति राजतन्त्र जस्तो होइन, सधै रहिरहने : ओली
नेकपा एमालेका नेता केपी शर्मा ओलीले राष्ट्रपतिको पद सधै रहिरहने राजतन्त्र जस्तो नभएको वताउनुभएको छ । उहाँले दलहरुले एक वर्षभित्र संविधान बनाउने प्रतिवद्धता ब्यक्त गरे पनि संविधानले चार वर्षभित्रमा संविधान बनाउने कल्पना गरेकाले राष्ट्रपतिलाई संविधान जारी गरुन्जेलसम्मको लागि राख्न नसकिने स्पष्ट पार्नु भयो ।

रिपोर्टर्स क्लब नेपालले बुधवार विहान आयोजना गरेको कार्यक्रममा ओलीले भन्नुभयो,’४ वर्षमा संविधान बनाउने त्यसपछि ४ वर्ष प्रादेशिक सभा र ईलेक्ट्रोल कलेज बनाउन समय लाग्छ । अहिले राष्ट्रपतिको कार्यकाल ६ वर्ष वितिसक्यो । संसारमा कतै १४ वर्ष हुन्छ राष्ट्रपतिको कार्यकाल ? राष्ट्रपति भनेको राजतन्त्र होईन सधै रहिरहने । ‘
उहाँले हिजो राष्ट्रपति छान्दाको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिसकेकोले अब नयाँ राष्ट्रपति हुनु पर्ने वताउनुभयो । ओलीले भन्नुभयो,’हिजोको संविधानसभाले हिजो राष्ट्रपति छान्यो, आजको संविधानसभाले अहिले राष्ट्रपति छान्छ । यदि अहिले एमाओवादीको राष्ट्रपति भएको भए काँग्रेसले कायमै रहनु पर्छ भन्न सक्थ्यो ? यो कुरा राम्ररी बुझ्नु पर्छ । ’
उहाँले अधिवक्ताहरुले एक पक्षीय रुपमा राष्ट्रपतिको विषयमा वकालत गरेकोप्रति आक्रोस ब्यक्त गर्दै राष्ट्रपति वकालतको भन्दा पनि लोकतान्त्रिक मुल्य मान्यताको विषय भएकोले सिट घट्दा एमाओवादीलाई नआत्तिन सुझाव दिने काग्रेसलाई बढी सिट नआउँदा नमात्तिन सुझाव दिनुभयो । ओलीले काग्रेस र एमालेलाई सहमतिका साथ अघि बढ्न जनताले म्याण्डेड दिएकोले त्यसै अनुसार सहमति गरि एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
ओलीले अव फेरि समानुपातिकतर्फबाट मनोनित सभासदहरुको नाम बुझाउने म्याद थप्न नसकिने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,’फेरि पनि समानुपातिकको सूचि बुझाउने समय थप्नु भनेको प्रक्रिया लम्ब्याउनु मात्रै हो । अब त्यसको आवश्यकता छैन । म्याद थपेर दलले पाएको सिट बढ्ने होईन ?’ ओलीले एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोग गठन नहुने संसदीय आयोग नै गठन हुने स्पष्ट पार्नु भयो ।
0 comments
Write Down Your Responses