मलेसियामा नृत्य प्रतियोगिता सम्पन्न (फोटोफिचर)
नेपाली प्रगतिशिल प्रवासी कलाकार केन्द्रको आयोजनामा मलेसियाको वातुपहातमा आइतवार नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एघार समुहले भाग लिएको प्रतियोगितामा ज्यामरुङ तामाङ प्रथम, सन्जीव तामाङ द्धितिय, रिमानी लामा तृतिय तथा अरुण लामा र पविन भुजेलले सात्वना स्थान हासिल गर्नुभएको छ ।

इन्द्र वहादुर मगरको संयोजन तथा रामतुल्सि लिम्वुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रगतिशिल प्रवासी श्रमिक मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे रहनु भएको थियो । अष्टल लिम्वु र प्रकाश चौलागाईले संचालन गर्नुभएको कार्यक्रममा योगेन्द्र कोइराला र प्रकाश राई निर्णायक रहनु भएको थियो । कार्यक्रममा करिव चार सय नेपाली श्रमिकहरुको उपस्थिति रहेको थियो ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141309/#sthash.Vwl2TEIm.dpuf
0 comments
Write Down Your Responses