तरकारी सस्तो

पुसको दोश्रो साता शुरु भएसंगै जनकपुर बजारमा तरकारीको भाउ केही घटबढ भएको छ । गत साताको तुलनामा मौसमी तरकारीको भाउ घटेको छ भने बेमौसमी तरकारीको भाउ बढेको व्यापारीहरुले बताएका छन् ।
त्यस्तै, आलु र प्याजको भाउ भने स्थिर रहेको छ । आलु प्रतिकिलो २५ रुपैंया र प्याज प्रतिकिलो ४० रुपैयाका दरले विक्री भइरहेको रेल्बे स्टेशनका व्यापारी दिनेशकुमार साहले जानकारी दिएका छन् । मौसमी तरकारी काउली, गोलभेडा, भन्टा, मुला, सिमि, मटरकोषा, बन्दाकोवी लगायतको तरकारीको भाउ घटेको छ, भने बेमौसमी तरकारी करेला, लौका, परबल लगायतको तरकारीको भाउ दिन दिनै बढ्दै गएको छ ।
व्यापारी अरुणकुमार साहका अनुसार काउली २०, गोलभेडा ३०, भान्टा २०, मुला १५, सिमि ९०, मटरकोषा ५०, बन्दाकोवी २० रुपैंयाका दरले विक्री भइरहेको छ, भने करेला १ सय २०, लौका प्रतिगोटा सय रुपैया, परबल प्रतिकिलो १ सय २० का दरले विक्री भइरहेको छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.