ह्वाइट हार्टमा लिभरपुलको रबाफ

टोटनह्यामलाई पराजित गर्दै लिभरपुल इग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित टोटनह्यामलाई ५–० गोल अन्तरले पराजित ग¥यो ।
Luis Suarez
जितसँगै लिभरपुल १६ खेलबाट ३३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र लिग लिडर आर्सनलभन्दा २ अंकले मात्र पछि छ । समान अंक जोडेको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने टोटनह्याम २७ अंकसहित सातौं स्थानमा छ ।
टोटनह्यामको घरेलु मैदान ह्वाइट हार्ट लेनमा भएको खेलमा लिभरपुलले १८ औं मिनेटमा लुईस स्वरेजको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा हेण्डरसनले उत्कृष्ट भली गोल गर्दै अग्रता दोब्बर पारे ।
दई गोलले पछि परेको टोटनह्यामले ६३ औं मिनेटमा झट्का व्यहो¥यो । उसका पाउलिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिए भने लिभरपुलले त्यसको फाइदा उठाउँदै करिव आधा घण्टामा तीन गोल थप्यो ।
७५ मिनेटमा फ्लानिगनले गोल गरे भने ८४ औं मिनेटमा स्वरेजले व्यक्तिगत दोस्रो गोल गरे । उरुग्वेका स्टार स्वरेजको यो सिजनको १६ औ गोल हो । ८९ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि लिभरपुल टोटनह्यामलाई उसको घरेलु मैदानमा अहिलेसम्मको सबैभन्दा फराकिलो अन्तर ५–० को जित निकाल्न सफल भएको छ ।
यसअघि भएको खेलमा म्यानचेष्टर युनाइटेडले एस्टनभिल्लालाई ३–० ले पराजित गरेको थियो भने नरभीच र स्वान्सीले १–१ को बराबरी खेलेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.