यौन दुर्व्यवहारको आरोप लागेपछि मदिरा पिउँदा शिक्षकको मृत्यु

गुल्मी थोर्गाका एक शिक्षकको मृत्यु आफूले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि मदिरा सेवन गर्दा भएको अनुसन्धानबाट खुलेको छ ।
सोमबार राति विद्यालय नजिकै मृत अवस्थामा फेला परेका राष्ट्रिय माध्यमिक विद्यालय थोर्गाका विज्ञान शिक्षक निर्मल ज्ञवालीको मृत्यु मदिरा सेवनका कारण भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफूलाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।
छात्राले उक्त आरोप लगाएपछि सोमबार दिनभर विद्यालयमा तनाव सिर्जना भएको थियो । विद्यार्थीले शिक्षकलाई कारबाही गर्न विद्यालय व्यवस्थापन समिति समक्ष माग गरेका थिए ।आफूमाथि गलत आरोप लगाइएको भन्दै विद्यालयबाट बाहिरिएका शिक्षक ज्ञवालीले विद्यालय नजिकैको होटलमा ‘सिक्वेन्स’ नामक मदिरा दिउँसोदेखि नै सेवन गरेको र उच्च रक्तचापका समेत बिरामी भएकाले त्यसकै कारण उहाँको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो ।
दिमागमा अत्यधिक रगत जमेर मृत्यु भएको देखिएको छ । विज्ञान विषयमा स्नातकोत्तर ज्ञवालीले आठ वर्षदेखि विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.