पाँच करोड नतिर्दा

Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF panch राजपाल हिरासतमा प्रसिद्ध बलिउड हास्य कलाकार राजपाल यादव र उनकी पत्नी राधालाई पाँच करोड ठगीको मुद्दामा प्रहरीले गिरफ्तार गरेको छ। उनीहरुलाई मंगलबार दिल्ली हाइकोर्टले १० दिनका लागि हिरासतमा राखेको हो। यादवले सन् २०१० मा आफ्नो फिल्म अता पता लापता निर्माणका लागि दिल्लीको फाइनान्स कम्पनी मुरली प्रोजेक्टस प्रालीबाट पाँच करोड ऋण लिई समयमै रकम नतिरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसै विषयमा कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको थियो। राजपालले अदालतसामु भने उक्त रकम ब्याजसहित भुक्तान गर्ने आश्वासन दिएका थिए। उनले अदालतले दिएको समयमा पनि पैसा भुक्तानी गर्न नसकेपछि अहिले उनलाई जेल चलान गरेको समाचारमा जनाइएको छ। सोमबार पनि उक्त मुद्दाको सुनुवाइ भएको थियो। तर राजपाल अदालतमा उपस्थित भएका थिएनन् भने उनको वकिल मात्र उपस्थित थिए। राजपालको वकिलले अदालतसामु उनी नजिकै भए पनि आफ्नो कार्यव्यस्तताले गर्दा अदालतम उपस्थित हुन नसकेको बताएको समाचारमा जनाइएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.