नेपाली टोली ५ विकेटले विजयी

मंसिर १७ - जर्नी टु वल्र्डकपको पहिलो खेलमा नेपालले एयर ईण्डिया टिमलाई ५ विकेटले पराजित गरेको छ । अर्को महिना न्यूजील्याण्डमा हुने वान डे विश्वकपको तयारीका लागि आयोजित प्रतियोगितामा पहिलो व्याटिङ गरेको एयर ईण्डियाले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।
आगामी बर्ष बंगलादेशमा हुने टी ट्वान्टी विश्वकपका छनौट खेल सकेर आईतबार साँझ मात्रै स्वदेश फर्किएको टोलीले भारतीय क्लबको चुनौति सहजै पार पन्छायो । नेपालले ३४ ओभर ५ बल खेलेर ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपाल क्रिकेट संघ क्यानको सहयोगमा जोरा ईन्टरनेशनलले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेपालसहित सिंगापुरको राष्ट्रिय टिम सहभागी छ । भारतबाट एयर ईण्डियासहित वाण्डरस क्लब पनि प्रतियोगिताका लागि नेपाल आएको छ । प्रतियोगिता शनिबार सकिनेछ ।
टस जितेर व्याटिङ रोजेको एयर ईण्डियाले ४४ ओभरमा अल आउट हुँदै १५५ रन बनाएको थियो । नेपालका लागि अविनाश कर्णले ४, सोमपाल कार्मीले ३, सागर पुनले २ र कप्तान पारस खड्काले १ विकेट लिए ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.