पानीमा रुझ्दै सकियो आर्यन र नम्रताको ‘नोभेम्बर रेन’(फोटो फिचरसहित)
नेपाली सिने नगरीमा चकलेटी नायकको उपाधी पाएका आर्यन सिग्देलको जोडी नायिका नम्रता श्रेष्ठसँग सुहाउने धेरैको तर्क छ । नम्रता र आर्यनले ‘मेरो एउटा साथी छ’मा अभिनय गरेपछि यो जोडीलाई सबैले रुचाएका पनि थिए । तर यसपश्चात आर्यन र नम्रताको जोडी अन्य कलाकारसँग जम्न सकेन ।
यही कुरालाई मनन गर्दै निर्माता सुवास गिरीले यो जोडीलाई पुन पर्दामा दोहोर्याएका छन् । आर्यन र नम्रताको मुख्य भूमिका रहेको चलचित्र ‘नोभेम्बर रेन’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ५५ दिनमा सकिएको निर्माणपक्षले जनाएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन र नम्रताको अलवा छुल्तिम डोल्मा गुरुङलाई पनि देख्न सकिन्छ । चलचित्रका धेरैजसो दृश्यमा नायक सिग्देल र नायिका श्रेष्ठ पानीमा मज्जैले रुझेका छन् । चलचित्रको ईन्डक्ल्यापको दृश्यमा पनि आर्यन सिग्देल पानीमा रुझ्दै थिए ।


यो चलचित्रलाई प्रेम दिवसको दिनबाट नेपालभर प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षको छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्वन्द्व, ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रको छायांकन धरान, काठमाण्डौ लगायतका स्थानमा गरिएको छ । चलचित्र उत्कृष्ट बनेकाले पनि दर्शकले मन पराउने विश्वास निर्माता सुवास गिरीले राखेका छन् ।

तस्बिर : अजय महर्जन
0 comments
Write Down Your Responses