सेटिङ मिलाएर ठगी गर्ने ६४ विरुद्ध मुद्दा दायर ३४ लाख ३९ हजार ५ सय विगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेटिङ्गमा संलग्न ६४ जनाविरुद्ध विषेश अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको छ ।
Akhtiyar Durupayogभिषामा उल्लेख भएको कम्पनी र पेसाको सट्टा अर्को कम्पनी र पेशा उल्लेख गरी प्रणलीगत भ्रष्टाचारको आरोपमा अख्तियारले उनीहरुलाई ४३ लाख ३९ हजार ५ सय रुपैयाँ जरिवानासहित मुद्दा दायर गरेको हो । बैदेशिक रोजगार विभाग, अध्यागमनका कर्मचारी, बैदेशिक रोजगार व्यवसायी र बिचौलीयाले मिलेमतोमा प्रणलीगत भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
देशमा भएको विद्यमान वेरोजगारी समस्याको अनुचित लाभ उठाई कर्मचारी, व्यवसायी र बिचौलीयाहरुले मिलेमतोमा सेटिङ्ग मिलाई सर्वसाधारणलाई ठगी गर्दै आएको उजुरीका आधारमा केही समयअघि अख्तियारले छापा मारेको थियो । सो क्रममा अख्तियारले प्रणलीगत भ्रष्टाचार भएको प्रमाण भेटेको थियो । बैदेशिक रोजगार क्षेत्रमा व्यापक भ्रष्टाचार भएको भन्दै सर्वसाधारणले व्यापक गुनासो गर्दै आएका थिए । ‘यो घटनाप्रति अख्यियार संवेदनशील छ आगमी दिनमा यस क्षेत्रमाथि हाम्रो विषेश निगरानी छ’ अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.