प्रचण्डले मागे राजनीतिक संयन्त्रको स्थायी अध्यक्ष

एमाओवादीले एक वर्षभित्र सहमतिमा संविधान निर्माण ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ को स्थायी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउनुपर्ने प्रस्ताव गरेको छ । यसो भएका आफू संविधानसभामा सहभागी हुने प्रस्ताव पनि उसले कांग्रेस एमालेसँग राखेको छ ।
prachandaबबरमहलस्थित शान्ति कोष सचिवालयमा आइतबार एमाओवादीले कांग्रेस-एमालेसँगको छुट्टाछुट्टै वार्तामा राखेको यस्तो सर्तमा ती दलले सीधै असहमति भने जनाएनन् । यसअघि कांग्रेससँग अनौपचारिक कुराकानीमा करिब-करिब मिलाएर राखिएको प्रस्तावलाई एमाले नेताले संविधानसभामा एमाओवादी पनि सहभागी भए सबै विवाद समाधान गर्न सकिने बताएका थिए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले एमाओवादीले पाँचबुँदे सर्त राखेको बताए । ‘उच्चस्तरीय राजनीतिक संयन्त्र जारी राख्नुपर्छ तर त्यो अहिले जस्तो हैन,’ एमाओवादीको तेस्रो बुँदाबारे उनले भने, ‘त्यसको अध्यक्ष पालैपालो हुँदैन, एमाओवादी अध्यक्ष स्थायी रुपमा हुनुपर्छ भन्ने माग छ ।’
एमाओवादीले अन्य सर्तमा चुनाव धाँधली छानबिन अयोग गठन, जनआन्दोलनका सहयात्रीबीच सहमति, मेलमिलाप आयोग तत्काल गठन र एक वर्षभित्र सहमतिमा संविधान जारी गर्ने छन् । दलहरुबीच छलफल जारी रहेको र संधिवानसभाबाट समस्या समाधान गर्न सहमत भएको नेताहरुले बताएको अन्नपूर्ण पोस्ट र राजधानी दैनिकमा खबर छ ।


(Part-1) Dhoom 3 (Part-2)

0 comments

Write Down Your Responses

Powered by Blogger.