कुन जिल्ला कसको किल्ला ?

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले एकले अर्काको परम्परागत किल्ला तोड्दै आफ्नो किल्लामा परिणत गरेका छन् । अघिल्लो चुनावमा कुनै पनि जिल्लामा एकल विजय हासिल गर्न नसकेको कांग्रेसले सात र एमालेले नौवटामा एकलौटी पकड जमाएका छन् ।
यसअघि अधिकांश जिल्लामा एकल पकड बनाएको एमाओवादीले भने यसपालि तीनवटा जिल्ला गोरखा, रुकुम र  रोल्पामा मात्र विरासत जोगाएको छ । यसअघि उसले एकलौटी जितेका जिल्लामा यसपालि कांग्रेस र एम्ााले विजयी भएका छन् ।
कांग्रेसले 'लालकिल्ला' का रूपमा परिचित ललितपुर जिल्लामा पहिलोचोटि एकल विजय हासिल गरेको छ । २०१५ साललगायतका कुनै पनि चुनावमा विजयको खाता नखोलेको कांग्रेसले यसपालि तीनवटै क्षेत्रमा प्रतिस्पर्धीभन्दा झन्डै दोब्बर मतले बाजी मार्‍यो । अघिल्लो संविधानसभा चुनावमा तीनवटै क्षेत्र एमाओवादीले जितेको थियो भने त्यसअघि एमालेले जित्दै आएको थियो । १५ सालमा पनि कम्युनिस्टले जितेको थियो । एमाओवादीले अघिल्लो चुनावमा सबै क्षेत्र जितेको दाङमा यसपालि कांग्रेसले एकल विजय हासिल गरेको छ । दाङका पाँचवटै क्षेत्रमा कांग्रेसले जितेर नयाँ इतिहास बनाएको छ । बागलुङमा पनि उसले यसपटक कुनै कम्युनिस्ट पार्टीलाई अस्तित्व जोगाउन दिएन । व्षौर्ंदेखि बागलुङको दुई नम्बर क्षेत्रमा जित्दै आएको राष्ट्रिय जनमोर्चाको किल्ला कांग्रेसले भत्कायो । यसअघिको चुनावमा कांग्रेसले बागलुङबाट एक सिटमात्र जितेको थियो भने बाँकी दुई सिट एमाले र जनमोर्चाको भागमा परेको थियो ।
कञ्चनपुरका चार, नुवाकोटका तीन र संखुवासभाका दुवै सिट कांग्रेसको हातमा गएका छन् । कांग्रेसले यसअघि कञ्चनपुरमा एक, नुवाकोटमा एक सिटमात्र जितेको थियो भने संखुवासभामा रित्तो थियो ।
एमाले पनि भोजपुर, दोलखा, खोटाङका दुई क्षेत्रमा यसपटक एकलौटी विजयी भएको छ । त्यहाँ गत चुनावमा एमाओवादीले मात्र जितेको थियो । अघिल्लो चुनावमा एमाओवादीले जितेका धादिङका तीनवटै क्षेत्र यसपालि एमालेले आफ्नो पोल्टामा पारेको छ । ताप्लेजुङ, प्यूठान, दैलेख बझाङ र अछाममा पनि एम्ाालेले एकल विजय हासिल गरेको छ । प्यूठानका दुई क्षेत्रमा एमालेले एमाओवादीको किल्ला भत्काएको हो भने ताप्लेजुङ, बझाङ दैलेख र अछाममा यसअघिको जितलाई निरन्तरता दिँदै यसपटक थप उपलब्धि हासिल गरेको हो ।
एमाओवादीले भने सशस्त्र युद्घका उद्गम थलो मानिने गोरखा, रोल्पा र रुकुममा मात्र इतिहास दोहोर्‍याउँदै एकल विजय हासिल गरेको छ । अघिल्लो चुनावमा उसले ओखलढुंगा, खोटाङ, दाङ, ललितपुर, भोजपुर, धनकुटा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, प्यूठान, सल्यान, जाजरकोट, बर्दिया, कैलाली, बैतडीका सबै सिट एकल रूपमा जितेको थियो । यसपालि तीमध्ये सिन्धुपाल्चोक, रामेछाप, जाजरकोट र सल्यानमा एक/एक सिटमात्र जित्यो, बाँकी सबै कांग्रेस एमालेको पोल्टामा पुग्यो । एक सिटमात्र भएका जिल्लाहरू रसुवा, म्याग्दी, जुम्ला, हुम्ला, बाजुरा, मुगु, डोल्पा र मनाङमा पनि एमाओवादीले पुरानो जित जोगाउन सकेन ।
एमाओवादीको एकल वर्चस्व गुमेका जिल्लाहरू ः ओखलढुंगा, खोटाङ, दाङ, ललितपुर, भोजपुर, धनकुटा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, प्यूठान, सल्यान, जाजरकोट, बर्दिया, कैलाली, बैतडी छन् ।

कांग्रेस  
संखुवासभा-    २ सिट
नुवाकोट-    ३ सिट
ललितपुर-    ३ सिट  
बागलुङ-    ३ सिट  
दाङ-    ५ सिट  
सुर्खेत-    ३ सिट  
कञ्चनपुर-    ४ सिट
एमाले  
ताप्लेजुङ-    २ सिट
भोजपुर-    २ सिट
खोटाङ-    २ सिट
दोलखा-    २ सिट
धादिङ-    ३ सिट
दैलेख-    २ सिट
अछाम-    २ सिट
बझाङ-    २ सिट
प्यूठान-    २
एमाओवादी  
गोरखा-    ३ सिट
रोल्पा-    २ सिट
रुकुम-    २ सिट

0 comments

Write Down Your Responses

Powered by Blogger.