ऋतिक पत्नीसँग आफ्नो अफेयर नभएको अर्जुनको दाबी

नायक ऋतिक रोशन र उनकी पत्नी सुजन बिचको सम्बन्ध बिच्छेदको घटनाले यतिबेला बलिउड बजारलाई नै गर्माएको छ । बलिउड नगरीले नै यो खबरलाई दुखद भन्दै सबैलाई अनावश्य टिप्पणी नगर्न आग्रह गरिरहेको छ ।यो घटनाको मुख्य कारण ऋतिक पत्नी सुजन र बलिउड नायक अर्जुन रामपाल बिचको अफेयरलाई मानिएको छ । भारतीय संचारमाध्यमहरुले अर्जन र सुजनको अफेयरका कारण ऋतिकको घर बिग्रिएको बताउँदै आएका छन् ।
तर नायक अर्जुन रामपालले भने आफू र सुजन बिचको कुनै किसिमको अफेयर नभएको दाबी गरेका छन् । उनले यो खबरले आफूलाई पनि निक्कै चिन्तित बनाएको बताएका छन् । यस्तो समयमा आफ्नो नाम जोडेर गरिएको हल्लालाई उनले तल्लो स्तरको दर्जा दिएका छन् ।
ऋतिक र सुजनको सम्बन्ध बिच्छेद ३ महिना अघि नै भएको बताइन्छ । तर चलचित्र ‘क्रिस ३’ को प्रदर्शनका कारण यो घटनालाई बाहिर ल्याइएको थिएन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.