करिनाले दिइन कट्रिनालाई ‘बुहारी’को मान्यता

पछिल्ला दिनमा रणवीर कपुर र कटि्रना कैफका अफेयर चर्चाले बलिउड मिडिया तातिइरहेका छन् । कहिले समुद्री किनारमा टु पिसमा सँगै देखिने त कहिले पार्टीमा श्रीमान-श्रीमतीझै प्रस्तुत भएका खवरले उनीहरुवीच केही न केही पाकिरहेको निश्चयमा पुगिसकेका छन बलिउड सेलिब्रीटिहरु नै ।
यो मामिला रणवीर र कटि्रनामा मात्र सिमित छैन, त्योभन्दा पर उनको परिवारले नै स्वीकार गरिसकेको बुझिएको छ । नातामा रणवीरकी दिदी करिनाले हालै एक टीभी अन्र्तवार्तामा कटि्रनालाई ‘बुहारी’को मान्यता दिएकी छिन् ।
kareena_kapoor_and_katrina_
केही दिनमै प्रसारण हुने तयारीमा रहेको निर्देशक करन जोहोरको टीभी सो ‘कफी करन’मा रणवीरसँगै आएकी करिनाले कटि्रनालाई पटकपटक बुहारहीका रुपमा प्रस्तुत गरिन् । जतिबेला रणवीर छेवैमा मुस्कुराएर बसिरहेका थिए ।
तपाईँ कोसँग समलिङ्गी सम्बन्ध बनाउन चाहानुहुन्छ भन्ने करनको प्रश्नमा करिनाले भनिन-बुहारी कटि्रनासँगै । त्यसपछि करनले रणवीरलाई सोधे- बिबाह कहिले गर्ने ? रणवीरले उत्तर दिन नपाउँदै करिनाले आफुले रणवीर र कटि्रनाको बिबाहमा नाच्नका लागि ड्रेस छानिसकेको र शीलाकी जवानी र चिकनी चमेलीजस्ता गीतमा नाच्नका लागि अभ्यास थालेको बताइन् ।
करिनाको यो भनाईबाट रणवीर-कटि्रना सम्बन्धलाई उनको परिवारले पनि स्वीकृति दिएको र छिटै बिबाह बन्धनमा बाँधिन लागेको अनुमानलाई पुष्टि गरिदिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.