मधेशी दलहरुको निर्णय अझै गोप्य

समानुपातिक तर्फको सभासदहरुको नाम दोस्रो ठूला दल नेकपा एमालेले सार्वजनिक गरेको ३६ घण्टा बढी बितिसक्दापनि अन्य ठूला दल र तराई केन्द्रित दलहरुले नाम सार्वजनिक गर्न सकेको छैन ।सोमबार अपरान्ह सम्म दलहरुले समानुपातिक सभासदहरुको नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने
छ ।
नेपाली का“ग्रेस संसदीय बोर्डको बैठक अबेर राती सम्म जारी रहेकोले निर्णय सार्वजनिक हुन सकेको छैन ।एमाओवादीले पनि सोमबार सभासदहरुको नाम आइतबार अबेर राती सम्म बाहिर ल्याएन ।त्यसैगरि तराई केन्द्रित दलहरुलेपनि नामलाई गोप्य नै राखेका छन ।

आधिकारीक पुष्टि नगरिएपनि राष्ट्रिय मधेश समाजवादी पार्टीले पाएको तीन समानुपातिक सिटमा महोत्तरीका युवा राजनीतिकर्मी धर्मेन्द्र साह, आफ्नै निकटवर्ती निर्जला राउत र धनुषाका अर्का युवा राजनीतिकर्मी बनेका दिनेश साहलाई सभासद बनाउने निर्णय अध्यक्ष शरतसिंह भण्डारीले गरेकाछन ।
सदभावना पार्टीबाट धनुषाका युवा राजनीतिकर्मी एवं उक्त पार्टीका केन्द्रिय सदस्य रामबिनोद यादव सभासद हुने निश्चित छ ।समानुपातिक तर्फ सदभावनाले पाएको पा“च मध्ये धनुषाको हकमा एकमात्र निर्वाचित सभासद सञ्जय साहले निर्णय गरेको पार्टी उच्च स्रोतले जनाएकाछन ।

तमलोपा निकट स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता सर्बेन्द्रनाथ शुक्लाले अबेर राती सम्म सभासदको नाममा छलफल गरेपनि निर्णय सार्वजनिक गरेको छैन ।
स्रोतहरुका अनुसार मधेशी जनअधिकार फोरम नेपाल र फोरम लोकतान्त्रिकको नामपनि सार्वजनिक भएको छैन ।
दुबै दलको बैठक अबेर सम्म जारी रहेको बताइएकोछ ।तर ती दुबै दलले धनुषाबाट प्रतिनिधित्व गराउने संभावना कमै रहेकोछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.