विश्व सामुदायिक रेडियो प्यासेफिक क्षेत्रको उपाध्यक्षमा शाही
सउल । सामुदायिक रेडियो विश्व सङ्गठन एसिया प्रान्त क्षेत्रीय समितिको उपाध्यक्षमा नेपालका तर्फवाट मीनबहादुर शाही निर्वाचित हुनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालका पूर्व अध्यक्ष समेत रहनु भएका शाही चार बर्षका लागि सामुदायिक रेडियो विश्व सङ्गठन एसिया प्रान्त क्षेत्रीय समितिको उपाध्यक्षमा चयन हुनुभएको हो । सामुदायिक रेडियो विश्व सङ्गठनमा हालसम्म नेपालले पाएको यो सबै भन्दा ठुलो पद हो ।
शाहीले खसेको कुल मत ८६ मध्ये ८४ मत प्रप्त गरी बिजय हुनु भएको हो । डिसेम्बर २ देखि ५ सम्म कोरियाको राजधानी सोलमा सम्पन्न भएको उक्त विश्व सामुदायिक रेडियो प्रसारण सङ्घ प्यासेफिक क्षेत्रको तेस्रो सम्मेलनमा नेपाल लगायत ३० राष्ट्रका एक सय भन्दा बढी रेडियो कर्मिरहरुको सहभागिता रहेको थियो । यसैगरी संगठनको अध्यक्षमा फिलिपिन्सकी माईका लेगमेन, कोषाध्यक्षमा जापानकी जुनिची हिभिन, उपक्षेत्रिय उपाध्यक्षमा क्रमश ईन्डोनेशियाका ईमाम पराको, कोरियाका हाना बियोङ्ग, भारतका रामनाथ भाट चयन हुनुभएको छ ।
सम्मेलनले सो क्षेत्रका सरकारहरुले राज्यको कानुन, योजना र कार्यक्रममा सामुदायिक रेडियोलाई साझेदारिका रूपमा समावेश गर्ने अनुरोध सहितको सउल घोषणापत्र समेत पारित गरेको नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य तथा सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाँईले जानकारी दिनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालले यसलाई नेपाली सामुदायिक रेडियोहरुको महत्वपुर्ण उपलब्धिको रूपमा लिएको चापागाईको भनाई थियो । अनलाइनखबरसंग कुरा गर्दै चापागाईले उपाध्यक्ष शाही लगायत सबै निर्वाचित पदाधिकारिहरुलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । सम्मेलनमा भाग लिन आएका २२ नेपाली पत्रकारको टोली शुक्रवार नेपाल फर्कदैछ ।
0 comments
Write Down Your Responses