ठूला घरधनीले दुई अर्बभन्दा बढी कर छले
१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकामा ठूला घर र महल बनाएका नब धनाढ्यले घर कर बापतको दुई अर्ब रुपैयाँ भन्दा बढी राजश्व छली गरेको फेला परेको छ ।
महानगरपालिकाले तीन महिना लगाएर गरेको अनुसन्धानबाट १० हजार वर्ग फिटभन्दा ठूला घर बनाउने १ हजार ५ सय १९ जनाले २ अर्ब १२ करोड रुपैयाँ कर नतिरेको देखिएको हो ।
प्रत्येक बर्ष महानगरभित्र ठूल्ठूला महल, घर बन्दै जाने तर, त्यसअनुसार कर संकलन नबढेपछि राजस्व चुहावट भएको आशंकामा महानगरपालिकाले अनुसन्धान सुरु गरेको थियो । महानगरपालिकाले १० लाखभन्दा बढी मूल्यको घर जग्गामा ३ सयदेखि १ दशमलब ५ प्रतिशतसम्म सम्पत्ति कर लगाउँदै आएको छ ।
‘महानगरपालिकामा बनेका घरबाट प्रत्येक बर्ष एक अर्बभन्दा बढी रुपैयाँ बढी राजस्व उठ्ने देखिँदादेखिँदै यसले एक तिहाइमात्र संकलन भएकोले अनुसन्धान थालिएको हो,’ महानगरपालिकाका प्रमुख लक्ष्मण अर्यालले भनेको नागरिक दैनिकमा खबर छ । उनले भने ‘अनुसन्धान गर्दा सानो हिस्साले नै अबौं रुपैयाँ छलेको देखियो ।’
उनले महानगरभित्र कर नतिर्ने ठूला मात्र नभएर मध्यमस्तर र साना घरधनीस् पनि धेरै भएको जानकारी दिए । राजस्व छल्ने सबैको एकैपटक अनुसन्धान गर्न गाह्रो पर्ने भएकाले पहिलो चरणमा ठूला घरहरु -१० हजार वर्गफिट) छनोट गरेको उनले बताए ।
0 comments
Write Down Your Responses