निर्वाचनपछि संविधान सुनिश्चित : अध्यक्ष रेग्मी
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनपछि मुलुकमा शान्ति र नयाँ संविधान सुनिश्चित भएको बताउनुभएको छ ।
इलामको बाँझो गाविसको माङसेबुङस्थित किरात धार्मिक गुरू आत्मानन्द लिङ्देनको ६० औँ हिरक जन्मोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो-’संविधानसभाको निर्वाचनले देशलाई नयाँ गतितर्फ लगेको छ, अब देशमा शान्ति र स्थायित्व कायम हुन्छ ।’ अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेकोमा सबैलाई धन्यवादसमेत दिनुभयो ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले झापाको दमकहुँदै रबिसम्म पुग्ने फाल्गुनन्दमार्गको स्तरोन्नतिका लागि पहल गर्ने बचनसमेत दिनुभयो ।
सभासद् सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नं २ विकासको दृष्टिले पछि परेको हुनाले विकासमा सरकारले ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा गृहमन्त्री माधवप्रसाद घिमिरे, स्थानीय विकासमन्त्री विद्याधर मल्लिक, मुख्य सचिव लिलामणि पौडेल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । रासस
0 comments
Write Down Your Responses