केकी, झरना, नन्दिता, विनिता र शिल्पामा को उत्कृष्ट मोडल ?

म्यूजिक भिडियोमा अभिनय गर्न नेपाली सिनेमाकै नायिकाहरुको अगाडी छन् । चलचित्रको पर्दामा देखिने अनुहारलाई दैनिक टेलीभिजनमा देख्दा दर्शक हलसम्म जाँदैनन् भन्ने पनि गरिन्छ । तर पनि नायिकाहरु म्यूजिक भिडियो खेल्नमा नै व्यस्त देखिएका छन् ।music-video-modelsकाठमाण्डौमा आयोजना हुन लागेको ‘राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७०’ मा नेपाली सिनेमाका ५ नायिका उत्कृष्ट म्यूजिक भिडियो मोडलको नोमिनेशनमा परेका छन् । जसमा नायिका केकी अधिकारी, नन्दिता केसी, झरना थापा, विनिता बराल र शिल्पा पोख्रेल छन् । दोश्रो संकरणसम्म रापती अञ्चलका श्रष्टाहरुलाई मात्र यो अवार्डमा समावेश गरिएको थियो । तर तेश्रो संकरणबाट भने यो अवार्डलाई राष्ट्रिय रुप दिइएको छ । रापती समाज काठमाण्डौले आयोजना गर्दै आएको अवार्डको तेश्रो संकरणमा २५ विधामा अवार्ड प्रदान गरिनेछ ।
राष्ट्रिय रुपमा गत बर्ष बजारमा आएका गीत संगीतबाट दर्ता हुन आइपुगेका गीत संगीतको मुल्यांकन गरि उत्कृष्ट ५ को नाम सार्वजनिक गरिएको आयोजकले जनाएको छ । यो अवार्डको निर्णायकहरुमा लोकगायीका कोमल ओली, प्राविधिक संगीतकर्मी वुद्ध सायमी तथा निर्णायक संयोजकको रुपमा चलचित्र पत्रकार शान्तिप्रिय छन् ।rapti-aaward-nomination

0 comments

Write Down Your Responses

Powered by Blogger.