नयाँ बर्षमा आर्यन र नम्रताको ‘नोभेम्बर रेन’
प्रेम दिवसको दिनमा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नोभेम्बर रेन’ अब भने नयाँ बर्षको अवसर पारेर दर्शकमाँझ आउने भएको छ । आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र सुवास ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रले चैत्र २७ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
मलेसियामा नेफ्टा अवार्डको तयारीमा लागेका निर्माता गिरीले टेलिफोन मार्फत यो जानकारी दिएका हुन् । आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्तिम डोल्मा गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको निर्माण यूनिटले नयाँ बर्षमा दर्शकको सिनेमा प्रतिको क्रेज हेरेर प्रदर्शन मिति तय गरेको हो । यो मितिमा विकास आचार्यको ‘नाई नभन्नु ल २’ र सविर श्रेष्ठको ‘आधी बाटो’ पनि प्रदर्शनमा आउने तयारीमा छन् ।

यसैले पनि नयाँ बर्षमा निक्कै आशा गरिएका ३ सिनेमा बिच भिडन्त हुने देखिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तु निक्कै राम्रो रहेकाले पनि दर्शकले रुचाउने आशा निर्माणपक्षको छ । अर्कोतिर आर्यन र नम्रताको जोडी लामो समय पश्चात पर्दामा आउन लागेकाले पनि ‘नोभेम्बर रेन’ प्रतिक्षामा छ ।
0 comments
Write Down Your Responses