भोलिबाट काठमाडौंमा पार्किङको पैसा नलाग्ने
काठमाडौंमा भोलि शुक्रबारबाट सवारी साधान पार्किङमा शुल्क नलाग्ने भएको छ । निःशुल्क पार्किङ गराउने काठमाडौं महानगपालिकाको निर्णयविरुद्ध परेको रिट पुनरावेदन अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै महानगरको निर्णय सदर गरेको हो । यसअघि पुस १ गतेबाट निःशुल्क पार्किङ हुने घोषणा भएपछि अदालतको अन्तरिम आदेशले कार्यान्वयन हुन सकेको थिएन ।
0 comments
Write Down Your Responses