आज विवाह पञ्चमी, जनपुरमा विशेष उत्सव

आज विवाह पञ्चमी, जनकपुरमा विशेष उत्सवका साथ मनाईदैछ । त्रेतायुगमा भगवान राम र सीताको विवाहको विवाह भएको स्मरणमा प्रत्येक वर्या मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी मनाउने परम्परा रहेको छ ।
विवाह पञ्चमीमा नेपालका विभिन्न स्थान तथा भारतबाट उल्लेख्य रुपमा दर्शनार्थीहरुको सहभागीता रहेको छ ।
विवाह समारोह जनपुरको बाह्र विगाह मैदानमा हुनेछ । उक्त मैदानमा बेहुली पक्ष अर्थात सीताको डोली जानकी मन्दिरबाट निस्कने छ । त्यस्तै राम मन्दिरबाट रामको डोला निस्कनेछ । दुई पक्षको टोली बाह्र विगाहामा पुगेपछि विशेष समारोह हुनेछ । दुलाहा, दुलही बोकी आएका दुवै रथलाई बाजागाजा सहितको र्‍यालीले नगर परिक्रमा गराइन्छ ।
दिनभर उत्सवका साथ नगरपरिक्रमा गरेपछि राति जानकी मन्दिरमा राम र सीताको विवाह धुमधामका साथ सम्पन्न हुनेछ । आजको दिन विवाह गर्दा साइत हेर्न नपर्ने र उत्तम साइत हुन्छ भन्ने परम्परा रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.