राष्ट्रपति नफेरिए लोकतन्त्र असफल : ज्ञवाली
नेकपा एमालेका सचिव युवराज ज्ञवालीले नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन नगरिए लोकतन्त्र नै असफल हुने चेतावनी दिनु भएको छ ।
उहाँले संविधानसभाको निर्वाचनपछि सवै निकायहरु चुनिएर आउनु पर्ने तर राष्ट्रपति र उपराष्ट्रपति पुरानै कायम राख्नु पर्ने तर्क अलोकतान्त्रिक भएको दावी गर्नु भयो ।

बुधवार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ज्ञवालीले साझा नीति तथा कार्यक्रम, सरकार सञ्चालन र शक्ति बाँडफाँडलाई प्याकेजमै सहमति गरेर अगाडि बढ्नु पर्ने वताउनुभयो । उहाँले धेरै भन्दा धेरै दल सहभागी सरकार बनाउनु पर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नु भयो । उहाँले दलहरु नमिलेसम्म जनताको अपेक्षा पुरा हुन वताउँदै उहाँले सवै दल एक भएर मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार निर्माण पनि संविधान निर्माणलाई सहज बनाउने गरी गर्नु पर्नेमा जोड दिनुभयो । ज्ञवालीले संविधान निर्माण पूर्ण सहमतिबाट हुन नसक्ने भएकोले सहमतिबाट हुन नसके प्रक्रियाबाट गएर टुङग्याउनु पर्ने वताउनुभयो । प्रक्रियाबाट पनि नटुङगिए जनमतसंग्रहबाट विवादको निरुपण गर्नु पर्ने ज्ञवालीको भनाई थियो ।
0 comments
Write Down Your Responses