प्रबासी भुजेल समाज सेवा समिति युएईको अध्यक्षमा घर्ती

प्रबासी भुजेल समाज सेवा समिति युएईको अध्यक्षमा यम बहादुर घर्ती चयन भएका छन् । शुक्रवार भएको प्रथम अधिबेसनले घर्तीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।uae-1
 आदिवासी जनजाति महासंघ यु.ए.ई.का अध्यक्ष डि.आर. तमुको प्रमुख आथित्यमा यु.ए.ई.को बरदुबैमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा महेश भुजेल, द्वितीय उपाध्यक्षमा कृष्ण बीबी भुजेल, महासचिबमा कमल खवास, सचिबमा मिनबहादुर भुजेल र कोषाध्यक्षमा बिष्णु थापा घर्ती चयन गरेको छ ।
यसैगरी  सदस्यहरुमा प्रेम घर्ती, दीपक भुजेल, तुलशी घर्ती, युद्ध भुजेल, पूर्ण भुजेल, गंगाबहादुर खवास, विरू भुजेल र दलबहादुर जी.टी. रहेका छन् ।  बाँकी एक सदस्य भने पछि मनोनित गरिने छ । समाजका ध्यक्ष सुर्य खवासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यम घर्तीले आफ्नो मन्तव्य राखेका थिए । स्वागत मन्तव्य बिरु भुजेलले व्यक्त गरे भने कार्यक्रम मिन बहादुर भुजेलले संचालन गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.