तराईका विभिन्न जिल्लामा जाडोले ३ को मृत्यु
लगातार बढ्दै गएको चिसाका कारण तराईका विभिन्न जिल्लामा शनिबार तीन जनाको मृत्यु भएको छ । महोत्तरी, सप्तरी र रौतटमा जाडोका कारण कठ्यांग्रिएर एक–एक जनाको मृत्यु भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं ४ बस्ने ५५ वर्षीया तेतरीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वरको सलहेश मन्दिरको छेउमा लामो समयदेखि एउटा सानो झुपडीमा बस्दै आएकी साहको न्यानो लुगाफाटा र ओढ्ने ओछ्याउने वस्तुको अभावमा मृत्यु भएको मृतकका छोरा बलराम साहले बताए ।
शुक्रबार बेलुका अचानक कठ्याङ्ग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र उनको शनिबार दिउसो उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, चिसोका कारण शनिबार बिहान एक जनाको मृत्यु भएको छ भने मर्नेको सङ्ख्या दुई पुगेको छ ।
बिहान हुस्सुसँगै चलेको चिसो हावाका कारण अत्यधिक चिसो लागी गम्हरिया विर्ता गाविस–१ निवासी लक्षु पण्डितको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । अन्दाजी ६० वर्षका पण्डितको मृत्यु हुनाका मुख्य कारण चिसो भएको बताइएको छ । बिहीबार राति करिब २ बजेको समयमा चन्द्रनिगाहपुर गाविस–६ निवासी अन्दाजी ८० वर्षीया लक्ष्मीनिया कुर्मीको मृत्यु भएको थियो ।
विगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीको नकटी रायपुर गाविसमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नकटी रायपुर गाविस–८ निवासी ६५ वर्षीय रघुनाथी यादव छन् । अत्यधिक जाडोका कारण गत बिहीबार राति यादवको घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नर्मदेव यादवले जानकारी दिनुभयो ।
गत मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जादा जिल्लाको जनजीवन प्रभावित भएको छ भने अधिकांश केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा शैलेश झा बताउनुहुन्छ । उहँ भन्नुहुन्छ, “दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि बेडको अभावमा भूइँमा राखेर पनि उपचार गरिरहेका छौ ।”
यता पछिल्ला पाच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्रै घटेको छ ।
दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामीण भेगका विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको शिक्षकहरु बताउछन् ।
चिसोका कारण बिहान यात्रुको सङ्ख्यामा कमी आएपछि सगरमाथा बस व्यवसायी संघले शनिबारदेखि जिल्लाबाट सञ्चालन हुने केही यातायातका साधनको सङ्ख्यामा कटौती गर्नुका साथै समयतालिकासमेत हेरफेर गरेको जनाएको छ ।
यसैबीच चिसो बढेपछि स्थानीय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस बिसौनी, मिनीमार्केट, गजेन्द्र चोक, जनआन्दोलन चोक, अस्पताल प्राङ्गणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी
दिनुभयो ।
अत्यधिक जाडोका कारण बर्सेनि आफन्त गुमाउदै आएका सप्तरीको नेगडा गाविस–७ निवासी रतिलाल मरिक (डुम)को परिवारलाज्ञई विभिन्न व्यक्तिले सहयोग प्रदान गरेका छन् ।
विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मरिक परिवारलाई विभिन्न व्यक्तिले लत्ताकपडा र आर्थिक सहयोग प्रदान गरेका हुन् ।
काठमाडौ महानगरपालिका–२२ खिचापोखरी निवासी समाजसेवी तथा उद्योगी अशोककुमार अग्रवालले पीडित परिवारका लागि राहत सामग्री उपलब्ध गराउनुभएको छ ।
लाइफ इन्स्योरेन्स कम्पनी नेपालको समन्वयमा अग्रवालले करिब रु ३० हजार मूल्यबराबरको ज्याकेट, टूाउजर, सुइटर, टोपी, गन्जी र हाइनेकलगायतका जाडोका कपडा उपलब्ध गराउनुभएको छ ।
एलआइसी नेपाल लहानका शाखा प्रबन्धक त्रिलोकी दास र नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर दासले संयुक्तरुपमा मरिक परिवारलाई घरमै पुगेर उक्त राहत सामग्री प्रदान गर्नुभयो ।
यस्तै राजविराज नगरपालिका–५ घर भई काठमाडौमा बस्दै आउनुभएका सागरमणि दाहाल र उहाका साथीहरुले पठाएको रु चार हजार १०० नगदसमेत उपाध्यक्ष यादवले रतिलाल मरिककी पत्नी भोला देवीलाई प्रदान गर्नुभयो ।
विगत चार वर्षयता जाडोका कारण रतिलालले आफ्ना, छोरा, बुहारी र नातिलाई गुमाइसक्नुभएको छ ।

0 comments
Write Down Your Responses